Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

नेपालमा छायांकन गरिएको अमिताभ बच्चनको फिल्म ‘उचाइ’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुस् )

Posted on October 18, 2022

नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’को आकर्षक ट्रेलर सार्वजनिक भएको छ । सगरमाथा क्षेत्र घुम्ने र हिमालमा पदयात्रा गर्ने बुढ्यौली उमेरका चार पदयात्रीको कथा फिल्मले पेस गर्छ ।

सुरज वर्जत्य निर्देशित फिल्मको ट्रेलरमा नेपालको हिमालय क्षेत्र र यहाँको मनमोहक दृश्य समेटिएको छ । अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती चोपडा र डेनी डेन्जोङ्पा स्टारर फिल्मले मित्रताको कथा भन्छ ।

फिल्ममा परिणितीले नेपाली पदप्रदर्शकको भूमिका निर्वाह गरेकी छन् । नेपालमा पदयात्राको मौसम पनि सुरु भएकाले यो फिल्म अझै महत्वपूर्ण हुनसक्छ ।

नेपालमा झण्डै एक महिना रहेर छायांकन गरिएको फिल्मले नेपालको पर्यटन विकासमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । चार जना साथीहरु भेट भएपछि नेपाल घुम्न निस्किएको यो रोमाञ्चक कथालाई नेपाली दर्शकले पनि रुचाउने अपेक्षा छ ।

Post Views: 55

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme