सल्यान । अरिँगालको टोकाइबाट सल्यानमा आमाछोरीको मृत्यु भएको छ । सिद्धकुमाख गाउँपालिका-१ पटारे हामपाल निवासी २१ वर्षीया शोभा बस्नेत र ४ वर्षीया छोरी प्राप्तिको मृत्यु भएको हो । सोमबार दिउँसो खेतमा धान काटी घर फर्किने क्रममा उनीहरूलाई अरिँगालले टोकेको थियो । अरिँगालले टोकेपछि उपचारका लागि जिल्ला अस्पताल सल्यान र श्रीनगरस्थिति परोपकार अस्पतालमा ल्याइएको थियो ।
थप उपचारका लागि कोहलपुर लैजाने क्रममा राति बाटोमै आमाछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । अरिँगालकै टोकाइबाट शोभाका अंकल २१ वर्षीय घाइते भएका छन् । उनको उपचार भइरहेको छ । अरिँगालले तीनजनालाई सँगै टोकेको थियो ।