Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

‘मन भएर एउटै कोठामा बसेको होइन, बाध्यताले बसेको हुँ’ -सन्दीप

Posted on October 18, 2022

काठमाडौँ – बला-त्कारको आरोप लागेका नेपाली क्रिकेट टीमका निलम्बित कप्तान सन्दीप लामिछानेसँग सरकारी वकिलको कार्यालयले लिएको बयान सकिएको छ । सन्दीपले आफू काठमाडौंको होटलमा पीडित भनिएकी युवतीसँग भदौ ५ गतेको रातिमा सँगै बसेको स्वीकारेका छन् । तर, बला-त्कार भने नगरेको बयान उनले दिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए ।

‘उहाँ (सन्दीप)ले आफू होटलमा गएको कुरा स्वीकार्नुभएको छ, तर बला-त्कार भने नगरेको उहाँको जिकिर छ,’ ती अधिकारीले भने, ‘उहाँ होटलमा गएको कुरा सीसीटीभीले पनि प्रमाणित गरको छ ।’

उनका अनुसार सन्दीपले भदौ ५ गते नगरकोट घुम्न गएको कुरा पनि बताएका छन् । उनले घुम्न जाने र बस्ने सबै कुरा पीडित किशोरीको सहमतिमा भएको बयान दिएका छन् । सन्दीपले त्यो दिन होटलमा कोठा नभएकाले एउटै कोठामा बस्नु बाध्यता भएको पनि बताएका छन् ।

सन्दीपलाई नगरकोटको भ्याली भ्यु रिसोर्ट र काठमाडौंको काठमाडौं इन होटलको सीसीटीभी फूटेज देखाएको थियो । फूटेजमा देखिएको व्यक्ति आफू भएको उनले स्वीकारेको प्रहरी स्रोतले बतायो ।

‘सीसीभीटी फूटेजमा आफू भएको कुरा उनले स्वीकारेका छन्,’ स्रोतले भन्यो । सन्दीपका अधिवक्ताहरूले पीडित भनिएकी युवती २०५९ साल जेठमा जन्मेको र उनको जन्ममिति सम्बन्धी विवरण अलग-अलग भेटिएको दाबी गर्दै आएका छन् ।

सन्दीपको पक्षबाट वकालत गर्न लागेका एक अधिवक्ताका अनुसार पर्सामा ती युवतीको जन्म भएको हो । त्यहाँको अस्पतालमा रहेको तथ्यांकले पनि उनको जन्म पहिल्यै भएको देखाउने उनको दाबी छ । उनको परिवार नुवाकोट बसाइँ सर्दा उल्लेख भएको बसाइसराइ प्रमाणपत्रमा पनि २०५९ जेठ उल्लेख भएको ती अधिवक्ताले लोकान्तरलाई बताए ।

‘हामीले पीडित भनिएकी युवती बालिका नभएको पुष्टि हुने २ वटा प्रमाण फेला परेका छौं,’ ती अधिवक्ताले लोकान्तरसँग भने, ‘उनको जन्मदर्ता २ वर्ष घटाएर बनाएको देखिएको छ ।’

ती अधिवक्ताका अनुसार पीडित भनिएकी किशोरीको घटाएको जन्मदर्तामा २०६१ असार उल्लेख गरिएको छ । त्यसै आधारमा नागरिकता बनाइएको वकिलहरूले बताएका छन् ।

२३ गते म्याद थप भएपछि अदालतबाट बाहिर निस्कने क्रममा सन्दीप लामिछानेकी अधिवक्ता सुधा रिमालले आफूहरूसँग पीडित भनिएकी किशोरी नाबालिग नभएको प्रमाण रहेको दाबी गरेकी थिइन् ।

प्रहरीले सन्दीप लामिछानेलाई दोस्रोपटक म्याद थपका लागि असोज २७ गते जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । पहिलोपटक असोज २० गतेबाट लागू हुने गरी ७ दिनको म्याद सकिएपछि २७ गते अदालतमा उपस्थित गराएर ५ दिनको म्याद थप गरिएको थियो ।

भदौ ५ गते १७ वर्षीया किशोरीलाई काठमाडौंको एक होटलमा पटक–पटक बला-त्कार गरेको आरोप सन्दीपमाथि छ । ती किशोरीले साउन २१ गते प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । भदौ ६ गते बिहान होटलबाट निस्किएका सन्दीप ७ गते क्रिकेट खेल्न राष्ट्रिय टीमसँगै केन्या गएका थिए ।

केन्यामा खेल सकिएपछि उनी क्यारेबीयन लीग खेल्न वेस्ट इन्डिज गएका थिए । उनी त्यहाँबाट क्यारेबीयन लीग नखेली फर्किएका थिए । लामो समयसम्म सन्दीप नेपाल नआएपछि इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिएको थियो । त्यसपछि नेपाल आएका सन्दीपलाई प्रहरीले गत बिहीवार (असोज २० गते) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

Post Views: 48

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme