एजेन्सी । पत्नी साटासाट गर्ने खेल बारे सुन्दा सहजै पत्याउन सकिँदैन तर एउटा घटना प्रहरीमा पुगेको छ, जसमा पतिले पत्नीलाई अर्कैसँग साट्न खोज्दा उनी भागेकी छन् । भारतको भोपालकी नवविवाहित २१ वर्षीया महिला भागेर प्रहरीमा पुगेपछि घटना बाहिर आएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार पाँचतारे होटलका म्यानेजर पतिले पत्नी साटासाट खेलमा पत्नीलाई प्रयोग गर्न खोजेका थिए तर पत्नीले नमानेपछि उनलाई यातना दिइएको थियो । पतिले लगातार दबाब दिन थालेपछि पत्नी भागेकी थिइन् ।
पतिले पत्नीलाई कुटपिट समेत गरेका बताइएको छ । उनका पति मोहम्मद अम्मारले आफूलाई नयाँपिँढी र शिक्षित बताउँदै पत्नी साटासाट गर्नुलाई सामान्य मान्ने गरेका छन् । तर पत्नीले सहमत नभएपछि उनलाई गवाँर भन्दै यातना दिएपछि घटना प्रहरीसम्म पुगेको हो । प्रहरीले उनका पतिलाई पक्राउ गर्न खोजी गरिरहेको छ ।