काठमाडौँ। बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९३ हजार २ सय रुपैयाँ कायम भएको छ।
मंगलबार प्रति तोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले घटेर ९३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार १७५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको हो। मंगलबार चाँदी प्रति तोला १ हजार १८० रुपैयाँमा कारोबार भएको थियो।