Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

सामाजिक सञ्जालबाट गायब भए भिटेन कहाँ गए ?

Posted on October 19, 2022

काठमाडौं । नेपाली र्यापर भिटेन (समिर घिसिङ) ले आफ्नो युट्युब च्यानलबाट सबै भिडिओ हटाएका छन् । पछिल्लो समय विभिन्न आलोचना खेपिरहेका भिटेन मंगलबारदेखि सामाजिक सञ्जालबाट गायब छन् ।

उनको आधिकारिक युट्युब च्यानल ‘भिटेन म्युजिक’ मा बिहान एउटा भिडिओमात्र छ । अन्य भिडिओ हटाइएका हुन् वा हाइड गरिएको हो भन्ने विषयमा कुनै आधिकारिक जानकारी बाहिर आएको छैन । गत साता जापानमा उनले कन्सर्टमा गरेको हर्कतले गर्दा सामाजिक सञ्जालमा उनको आलोचना भएको थियो ।

उक्त कन्सर्टमा बियरको बोतलले आफ्नो टाउकोमा हान्दै अब कहिल्यै कन्सर्ट नगर्ने बताएका थिए । असोज २४ गते जापानमा भएको उक्त कन्सर्टको हर्कतपछि उनलाई मानसिक रोगी भएको भन्दै आलोचना गरिएको थियो । साेही आलोचनाका कारण उनी सामाजिक सञ्जालबाट गायब भएको हुनसक्ने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय टुरमा रहेका भिटेन अहिले कहाँ के गर्दै छन् भन्ने कुराको कुनै जानकारीसमेत छैन । १७ लाख बढी सब्स्क्राइबर भएको उनको आधिकारिक युट्युब च्यानलमा हाल १३ दिनअघि सार्वजनिक भएको उनको ‘आफ्नै बाटो’ नामको गीतमात्र रहेको छ ।

त्यस्तै उनले आफ्नो फेसबुक पेज डिलिट गरेका छन् । इन्स्टाग्राम प्राेफाइलमा पनि दुई ओटा फोटोमात्र रहेका छन् । अन्य फोटो भने हाइड गरिएको आशंका छ ।

‘चुरोट’ नामक नेपाली गीतबाट चर्चामा आएका र्यापर भिटेन समय-समयमा आलोचना तथा चर्चामा आइरहन्छन् ।

अपडेटः भिटेनको युट्युब च्यानलमा अपलोड भएका भिडिओ पुनः सार्वजनिक रूपमा उपलब्ध भएका छन् ।

Post Views: 24

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme