Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

भाटभटेनी सुपरमार्केटको नाममा साइबर आक्रमण, कतै तपाईँ त फस्नुभएन ?

Posted on October 19, 2022

काठमाडौं । भाटभटेनी सुपरमार्केटको नाममा स्क्याम लिंक फैलिएको पाइएको छ । प्रयोगकर्तालाई नयाँ शाखा खुलेको भन्दै सामाजिक सञ्जाल तथा इन्टरनेटमा स्क्याम लिङ्क फैलाइएकाे हाे ।

उक्त लिङ्कमा क्लिक गरेको खण्डमा भाटभेटनी सुपरमार्केटको जस्तो नक्कली वेबसाइटको इन्टरफेस देखिन्छ, जहाँ सबैभन्दा माथि ‘बधाई’ लेखिएको छ ।

तल उल्लेखित प्रश्नको उत्तर दिएको खण्डमा पाँच हजार रुपैयाँ जित्ने उल्लेख गरिएको छ । त्यसको तल भाटभेटनी सुपरमार्केटमा संलग्न व्यक्तिको फोटो राखिएको छ । त्यहाँ प्रयोगकर्तालाई विभिन्न प्रश्नहरू सोधिएको छ, जसको उत्तर दिएको खण्डमा उनीहरूले पाँच हजार रुपैयाँ जित्नसक्ने भनिएको छ ।

उक्त प्रश्नको उत्तर दिँदा ह्याकरले प्रयोगकर्ताको डिभाइसको एक्सेस पाउँछन् । प्रश्नहरू सजिलो भएकाले जोकोहीले उक्त प्रश्नको उत्तर दिन राजी हुन्छन् ।

त्यस्तै उक्त वेबसाइटमा तलतिर नक्कली प्रतिक्रिया राखिएको छ, जसले गर्दा प्रयोगकर्ता स्क्याममा पर्नसक्ने जोखिम बढी हुन्छ । यसरी प्रयोगकर्तालाई आफ्नो जालोमा पार्दै ह्याकर फिशिङ आक्रमण गर्छन् । यसबाट उनीहरूले बैंक तथा सामाजिक सञ्जालका अकाउन्ट ह्याक गर्नसक्ने साइबर सुरक्षा विज्ञ बताउँछन् ।

सामाजिक सञ्जालबाट सक्याम लिङ्क फैलिएपछि भाटभटेनी सुपरमार्केटले आधिकारिक रूपमा उक्त लिङ्क स्क्याम गर्न फैलाइएको भन्दै त्यस्ता लिङ्क नखोल्न आग्रह गरेको छ ।

Post Views: 84

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme