Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

छोरीलाई जन्म दिएकी २० वर्षीया नीतुको मृत्यु

Posted on October 20, 2022

धनगढीः बाजुरामा अत्याधिक रक्तस्राव हुँदा सुत्केरीको मृत्यु भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर ६ की २० वर्षीया नीतु जैशीको मृत्यु भएको हो। बुढीगंगाका स्वास्थ्य शाखा प्रमुख दिपकबहादुर शाहले उनको सोमबार राति टाँटे स्वास्थ्य चौकीमा मृत्यु भएको पुष्टि गरे। असोज ३१ गते सुत्केरी व्यथा लागेपछि आफन्तले उनलाई स्वास्थ्य चौकी पुगाएका थिए। उनले त्यहीँ दिन दिउँसो करीब ४ बजेतिर छोरीलाई जन्म दिएकी थिइन्।

उनका अनुसार बच्चा जन्माएकी नीतुलाई सोमबार साँझ घर पठाइएको थियो। स्वास्थ्यकर्मीले घर नलग्न सुझाव दिएपनि आफन्तले ढिपी गरेर उनलाई घर लगिएको बताइएको छ। तर, घर लगेको केही समयमा नीतुलाई अत्याधिक रक्तस्राव भएपछि सोमबार राति फेरि साढे १० बजे टाँटे स्वास्थ्य चौकीमै ल्याइएको थियो।

तर, स्वास्थ्य चौकी पुगाएको २० मिनेटमै नीतुको ज्यान गरेको थियो। स्वास्थ्य चौकीमा सामान्यतया सुत्केरी भएको ८ घण्टादेखि २४ घण्टा भित्र सुत्केरीलाइ घर पठाउनु पर्ने प्रावधान छ। तर स्वास्थ्य चौकीले सुत्केरी भएको २ घण्टामा नीतुलाइ घर पठाएको बुझिएको छ।

Post Views: 27

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme