Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

कुहिना, घाँटी, घुँडा र काखी कालो भएर चिन्तित हुनुहुन्छ भने अब यसो गर्नु होस् र सेतो हुने छ

Posted on October 20, 2022

कुहिना , घाँटी , घुँडा र काखी कालो हुने कारणले गर्दा धेरै मानिसहरु यसलाई देखाउन लाज मान्ने गर्छन ।

विभिन्न कारणहरुले गर्दा शरीरका यी भागहरु कालो हुने गर्छ ।

मानिसहरु यस समस्याबाट छुट्कारा पाउनको लागि विभिन्न किसीमका प्रयासहरु गर्ने गर्छन् । यसलाई छिट्टै हटाउनको लागि निम्न उपायहरुलाई अपनाउन सक्नुहुन्छ ।काखीलाई कालो हुन नदिने उपायहरु

आवश्यक सामाग्रीहरु
२ चम्चा पिठो
१ चम्चा दुध
१ चम्चा दही

विधि
माथिका सबै सामाग्रीहरुलाई मिक्सरमा हालेर पिस्नुहोस् । त्यसपछि यस पेस्टलाई काखीमा लगाउनुहोस् । १५ मिनेटपछि पानीले पखाल्नुहोस् ।

२) काँक्रो
काँक्रो छालासम्बन्धि समस्या हटाउनको लागि निकै नै राम्रो छ । यसको प्रयोगबाट कुनै किसीमको हानी हुदैंन ।

विधि
काँक्रोको प्रयोग तपाईंले दिनहुँ गर्न सक्नुहुन्छ । काँक्रो , कागतीको रस र बेसारलाई मिसाउनुहोस् । र यसलाई काखीमा लगाउनुहोस् । यसका साथै तपाईंले काँक्रोलाई स–सानो टुक्रामा काटेर यसलाई सीधै काखीमा लगाउन सक्नुहुन्छ । तपाईंले केही दिनमै आफूमा आएको परिवर्तनलाई देख्न सक्नुहुन्छ ।

कुहिना र घुँडा कालो हुने समस्याबाट बचाउने प्राकृतिक उपाय

चीनी
चीनीले मरेको छालालाई हटाउन मद्धत गर्छ । चीनी र जैतूनको तेललाई बराबर मात्रामा मिसाउनुहोस् । यस पेस्टलाई कुहिना र घुँडामा गोलाकार रुपमा ५ मिनेटसम्म लगाउनुहोस् । यसपछि सफा पानीले पखाल्नुहोस् । यस प्रक्रियालाई छाला चम्किलो र राम्रो नबनेसम्म दिनहुँ गर्नुहोस् ।

कागती
कागतीको प्रयोग छालाको लागि निकै नै राम्रो छ । कागतीको रसलाई सिधै कुहिना र घुँडामा २ मिनेटसम्म लगाउनुहोस् । २० मिनेटको लागि त्यसै छोड्नुहोस् । त्यसपछि मन्तातो पानीले पखाल्नुहोस् र क्रिम लगाउनुहोस् । तपाईंले कागतीको रससँग महलाई पनि मिसाई प्रयोग गर्न सक्नुहुन्छ ।

घाँटि कालो हुने समस्यालाई हटाउने घरेलु उपाय

बेकिंग सोडा
बेकिंग सोडामा थोरै पानीलाई मिसाई पेस्ट बनाउनुहोस् । यस पेस्टलाई घाँटीमा लगाउनुहोस् । त्यसपछि सुख्खा हुन दिनुभई केही मिनेटपछि सफा पानीले पखाल्नुहोस् । तपाईंले यसको प्रयोग हप्तामा २ पटक गर्न सक्नुहुन्छ ।

आलु
आलुमा छालासम्बन्धि समस्यालाई निको पार्ने गुण हुन्छ । आलुले छालालाई चम्किलो बनाउनमा मद्धत गर्छ । आलुलाई पिसेर पेस्ट बनाउनुहोस् । र यसलाई घाँटीमा लगाई १५ मिनेटको लागि त्यसै छोड्नुहोस् । यसपछि चिसो पानीले पखाल्नुहोस् ।

तपाईंले आलुमा कागतीको रसलाई मिसाई पनि प्रयोग गर्न सक्नुहुन्छ । तपाईंले यसको प्रयोग दिनहुँ गर्नु भएमा यसले छालाको कालो र दाग हटाउनमा मद्धत पुग्छ ।

घ्युकुमारी
घ्युकुमारीको रसले घाँटीमा दल्नुहोस् । २० मिनेटको लागि त्यसै छोड्नुहोस् । त्यसपछि सफा पानीले पखाल्नुहोस् । राम्रो परिणामको लागि यस प्रक्रियालाई दिनहुँ गर्नुहोस् ।

Post Views: 86

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme