Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

नबिल बैंकको ‘फोन लोन’ सुविधा, अब सबै ग्राहकले २ लाखसम्म ऋण पाउने

Posted on October 20, 2022

काठमाडौं । नबिल बैंकले ‘नबिल फोनलोन’को न्यूनतम सीमा र आफ्नो डिजिटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ । यसअघि नबिल फोनलोनको सीमा एक लाख रूपैयाँसम्म रहेकोमा त्यसलाई बढाएर अब अधिकतम दुई लाख पुर्‍याइएको छ ।

साथै बैंकले यस्तो कर्जा लिनका लागि आवश्यक दायरामा पनि परिमार्जन गरेको छ । अब नबिल बैंकमा बचत खाता भएका सबै ग्राहक तथा नबिल बैंकसँग आबद्ध क्यूआर मर्चेन्टहरु पनि फोनलोनका लागि योग्य हुनेछन् ।

यसअघि नबिल बैंकमा तलब खाता (स्यालरी अकाउन्ट) भएका ग्राहकहरुले मात्र यस्तो सुविधा पाइरहेका थिए ।

यस्तै, बैंकले फोनलोनका अफरहरुलाई पनि अपग्रेड गरेको छ । अब यस्तो लोनका लागि योग्य ग्राहकले ‘नबिल स्मार्टबैंक’ एपको स्क्रिनमा ‘फोनलोन’को आइकन देख्नेछन् ।

बैंकले ग्राहकको सुविधाका लागि ‘बाइ नाउ पे लेटर’ को सुविधा तथा लोनबापत लिएको रकम चुक्ता गर्न ईएमआईको सुविधासमेत उपलब्ध गराएको छ ।

ग्राहकले खरिद गर्दा कुनै पनि फोनपे मर्चेन्ट क्यूआर कोडहरू स्क्यान गर्नसक्ने जनाइएको छ । आफ्नो खरिदको मासिक किस्तामा भुक्तानी गर्न चेकआउटको बेला ‘बाई नाउ पे लेटर’ को विकल्प रोज्न सकिने छ ।

आफ्नाे फोनलोन किस्ता चाँडै तिर्न खोज्ने ग्राहकले सिधै आफ्नो एपबाट प्रिपेड गर्ने विकल्प पनि उपलब्ध हुने जनाइएको छ । यसअन्तर्गत नबिल बैंकले कुनै पूर्वभुक्तानी शुल्क नलिई ग्राहकहरूको खातामा पर्याप्त रकम भएमा ऋणको तत्काल निकासी गर्न अनुमति दिने जनाइएको छ ।

Post Views: 54

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme