काठमाण्डौँ- अविवाहित किशोरीबाट जन्मिएको नवजात शिशु वीर अस्पतालको शौचालयसँगै राखिएको डस्टबिनमा फेला परेको छ ।
काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार ती नवजात शिशु भारतको सीतामढी जिल्ला बथनाहाकी १९ वर्षीया किशोरी काजलकुमारी साहको रहेको खुलेको छ ।
प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–२३, ओमबहालस्थित घरमा डेरा गरी बस्दै आएका ओमप्रकाश साहकी अविवाहित छोरी काजललाई पेटमा समस्या देखिएपछि मङ्गलबार बिहान ४ः३० बजे बुवा र उनका दाजु सनिकुमार साहले उपचारका लागि वीर अस्पताल पु¥याएका थिए ।
वीर अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा किशोरीले शौचालयभित्र बच्चा जन्माएकी थिइन् । त्यसपछि उनले नवजात शिशुलाई शौचालयबाहिर रहेको फोहोर फ्याँक्ने डस्टबिनमा फ्याँकेको प्रहरीले जनाएको छ ।
अस्पतालका बिरामी शौचालय जाने क्रममा झन्डै एक घण्टापछि डस्टबिनभित्र नवजात शिशुको आवाज सुनेपछि हेर्दा बच्चा फेला पारेका थिए । बिरामीका आफन्तले शिशु फालेको जानकारी गराएपछि नवजात शिशुको उद्धार गरिएको थियो ।