हास्य टेलिसिरियल सक्किगोनी बन्द भएको भनेर अहिले चर्चा हुन थालेको छ । सामाजिक संजालतिर अनुमानकै भरमै बन्द भएको भनेर अफवाह फैलिएको छ ।
सक्किगोनी नेपाली दर्शकमाझ लोकप्रिय टेलिसिरियल हो । उसो त टेलिसिरियल आउनु बन्द हुनु नौलो कुरा होइन् । नेपाली दर्शकमाझ लोकप्रिय बनेको टेलिसिरयल भएकाले सबैको चर्चाको विषय वनेको छ ।
सक्किगोनीका सिनियर कलाकार कुमार कट्टेलले टिम भित्रका केहि कलाकारहरुमा देखिएको स्वास्थ्य समस्याका कारण यो हप्ताको सक्किगोनिको लागि शुटिङ गर्न असमर्थ भयौ, नया भाग को प्रतिक्षामा रहनुभएका हाम्रा समस्त दर्शक महानुभाबहरुमा पर्न गएको असुबिधा प्रति क्षमा प्रार्थि छौ,
आगामि हप्ता बाट हामि नियमितरुपमा नया भाग सहित उपस्थित हुने बाचा गर्दछौ । भनेर फेसबुकमा लेखेका छन् ।