Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

जापान पठाइदिन्छु भनेर १३ लाख ठग्ने मिना पक्राउ

Posted on October 20, 2022

जापान पठाउने भनेर ठग्ने एक महिला पक्राउ परेकी छिन् । मान्छेहरूलाई जापान पठाइदिन्छु भनेर रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी हुन् । मोरङको रतुवामाई नगरपालिका–९ घर भई हाल ललितपुरको बालकुमारी बस्‍ने ३८ वर्षीय मिना सुब्बालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयको टोलीले सुविधानगरबाट पक्राउ गरेको जानकारी प्रहरीले दिएको छ ।

प्रहरीका अनुसार कामदार (वर्किङ) भिसामा जापान पुर्याउने भन्दै पीडितबाट १३ लाख रुपैयाँ लिएर हराएको खुलेको छ ।ती महिलामाथि थप अनुसन्धान शुरु गरिएको छ । उनलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको जानकारी प्रहरीले दियो । यो पनि, मादक पदार्थ सेवन गरी ट्याक्सी चलाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । दुवैजना माथि मुद्दा चलाइएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयबाट खटिएको टोलीले मदिरा सेवन गरी ट्याक्सी चलाउने र ट्राफिक प्रहरीलाई अभद्र व्यवहार गर्ने बा२ज ३३४१ नं का चालक सुनसरीका ३४ वर्षीय विकास सुनार तथा बा२ज ६५४ नं का चालक ललितपुरका ४६ वर्षीय राजेन्द्र महर्जनलाई पक्राउ गरेको हो ।

सुनारलाई महाराजगञ्ज वृत्तबाट र महर्जनलाई कीर्तिपुर वृत्तबाट अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाइएको कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिएका छन् । मादकपदार्थ सेवन गरी सवारीसाधन चलाएका उनीहरुलाई कारबाही गर्न खोज्दा आवश्यक कागजपत्र नदिनुका साथै ट्राफिक प्रहरीमाथि नै अभद्र व्यवहार गरेकाले मुद्दा चलाइएको प्रवक्ता भट्टले बताए ।

Post Views: 54

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme