Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

सन्दीप भन्छन् ‘एउटै कोठामा सुतियो तर छोइएन’, पीडित भन्छिन् ‘अप्राकृतिक मैथुन सहेँ, रातभर लुटिएँ , हेर्नुहोस् यो एक्सक्लुसिभ भिडियो

Posted on October 21, 2022

काठमाडौं । निलम्बित क्रिकेटर सन्दीप लामिछाने गौशाला हिरासतमा आफ्ना दिन काटिरहेका छन् । नाबालिग ब लात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने त्यहाँका कैदी बन्दीहरुसँग मात्रै होइन बाहिरबाट जाने आफन्तहरुसँग पनि त्यति बोल्दैनन् ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार गौशालाकै हिरासत कक्षमा रहेका उनी दिनदिनै दुब्ल्याउँदै गएका छन् । सन्दीप लामिछानेलाई थप चार दिन न्यायिक हिरासतमा राख्न प्रहरीलाई अनुमति प्राप्त भएको छ । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीपलाई थप चार दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

गत असोज २० गतेदेखि महानगरी प्रहरी वृत्त गौशालामा रहेका उनलाई अदालतले तेस्रोपटक म्याद थप गरेको हो । भदौ ५ गते राति सन्दीप पीडित किशोरीसँग सो होटेल काठमाडौं इनमा प्रवेश गरेको फुजेट प्रहरीले फेला पारेको छ । साथै प्रहरील भोलिपल्ट बिहान बाहिरिएको पनि सीसीटीभी फुजेट बरामद गरेपछि उजुरी दर्ता गरेको थियो । गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध बलात्कारको जाहेरी परेको थियो ।

जाहेरी परेको समयमा सन्दीप जमैकामा थिए । उनले सामाजिक सञ्जालमार्फत आफूमाथिको आरोप अस्वीकार गर्दै आए पनि उनले आँफुहरु एउटै कोठाभित्र रात कटाएको भने स्विकारेका छन् । राती ति आरोपित युवती खाटमा सुतेको र आँफु सोझामा ढल्कीएर रात कटाएको सन्दीपको दाबी छ । यद्यपी किशोरीले भने सोही रात आफु सन्दीपबाट २ पटक बलात्कृत भएको आरोप लगाएकी छिन् ।

Post Views: 73

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme