काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एम्एडब्लु इन्टरप्राइजेजले आरवान १५ भी ४ मोटरसाइकल बजारमा ल्याएको छ । बिहीवार पत्रकार सम्मेलन गर्दै कम्पनीले आफ्नै ब्लू–स्क्वायर शोरूममा उक्त बाइक सार्वजानिक गरेको हो । आरवान १५ भी ४ नेपालमा ल्याइएको यामाहाको उत्कृष्ट मोटरसाइकलहरूमध्ये एक रहेको कम्पनीको दाबी छ ।
आर १५ को चौथो जेनेरेशन भनिएको उक्त बाइक मूलतः ट्र्याक स्पिड, कर्भ, र स्पोर्ट्स बाइकमा रूची राख्ने युवा वर्गलाई लक्षित गरी तयार पारिएको कम्पनीले बताएको छ । १५५ सीसी एफ्आई इन्जिनमा भीभीए राखी तयार पारिएको यस बाइकलाई नयाँ ग्राफिक, थ्रीडी एम्ब्लेम, वाइ–कनेक्ट र उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको कम्पनीको दाबी छ ।
बिहीवारदेखि नै नेपालभरिका यामाहा शोरुममा उपलब्ध हुने उक्त मोटरसाइकलहरूको मूल्य रङ अनुसार ५ लाख ७२ हजार ९०० र ५ लाख ६२ हजार ९०० रुपैयाँ रहेको कम्पनीको भनाइ छ । अभियान दैनिकबाट