Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

परिवारलाई नै थाहा नदिई गायक राजु लामाले गरे यस्तो घोषणा

Posted on October 21, 2022

काठमाडौं / गायक राजु लामाले परिवारलाई नै थाहा नदिई सगरमाथा चढ्ने घोषणा गरेका छन्। शनिबार भएको ‘द भ्वाइस किड्स’को फाइनलमा राजु लामाले आफूले सगरमाथा चढ्ने घोषणा गरेका हुन् ।

उनले आफूले मौसम परिवर्तनको मुद्दालाई लिएर सगरमाथा चढ्न लागेको र यो कुरा परिवारलाईसमेत थाहा नभएको बताए । उनले भने, यो कुरा मेरो परिवारलाई पनि थाहा छैन्, आज यहीँबाट भन्दैछु, म सगरमाथा चढ्ने चेष्टा गर्दैछु।’

‘अहिले हाम्रो हिमाल, हिम नदीहरु पग्लिएको छ। जसले थुप्रै प्राकृतिक प्रकोप ल्याएको छ। मौसमी परिवर्तनका कारणले हाम्रो जीवनमा कस्तो असर गर्छ भन्ने कुरालाई लिएर जनचेतना दिने हिसाबले सगरमाथा चढ्न लागेको हुँ।’ उनले भने । आफू नेपाली सांगितिक क्षेत्रसँगै देशको प्रतिनिधित्व गर्दै मौसम परिवर्तनको सन्देश लिएर सगरमाथा चढ्ने उनले बताएका छन् ।

यस्तै हिमालय टीभी एचडीबाट प्रशारण भएको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को उपाधि जेनिश उप्रेतीले जितेका छन् । शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट यो शो प्रशारण हुँदै आएको थियो ।

अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट जेनिशले ‘द भ्वाइस किड्स’को उपाधि जितेका हुन् । उपाधिसँगै जेनिशले ‘द भ्वाइस किड्स’को ट्रफी, १५ लाखको चेक र विभिन्न गिफ्ट ह्याम्पर जितेका छन् । जेनिशलाई हिमालय टीभीका प्रमुख धर्मराज भुसालले ट्रफी र चेक प्रदान गरेका थिए ।

६ बर्षदेखि १४ बर्षसम्मका बालबालिकाहरुको सहभागीता रहेको योे रियालिटी शोेमा कोचको रुपमा प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी रहेका थिए ।

Post Views: 50

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme