Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

अञ्जली अधिकारीका दुःख : पाँचसयका लागि नाँचेको त्यो दिन

Posted on October 21, 2022

अञ्जली अधिकारीका दुःख : पाँचसयका लागि नाँचेको त्यो दिन
काठमाडौं । नेपालमा करोड पटक म्युजिक भिडियोमा हेरिने मोडलहरुमा अञ्जली अधिकारी पनि पर्छिन । अझ अञ्जलीले अभिनय गरेको गायक प्रकाश सपुतको गीत गलबन्दी च्यातियो…लाई त ४ करोड ३८ लाख पटक युट्युवमा हेरिएको छ ।

अञ्जलीले अभिनय गरेका अरु थुप्रै म्युजिक भिडियोहरु छन् । ती भिडियोहरु युट्युवमा एक करोड भन्दा धेरै पटक हेरिएको छ । सरोहवा ७ सिमरा, बर्दियाकी अञ्जलीलाई मोडलिङमा यो स्थानमा पुग्न निकै सँघर्ष गर्नु प-यो । २०७१ सालमा बर्दियाको एउटा मेलामा गायक बद्री पँगेनीलाई नभेटेको भए आज उनी कतै गृहिणी जिवन बिताईरहेकी हुन्थिन् ।

अञ्जलीको सम्झनामा त्यो दिन मेलामा स्टेजमा गायक बद्री पँगेनी गाउँदै थिए । आफ्नो गीतमा नृत्य गर्ने मध्य उत्कृष्टलाई पुरस्कार दिने घोषणा गरे । जीवनमा जती नाचे पनि नथाक्ने अञ्जलीलाई बद्रीको गीतमा नाच्न पाए अरु के चाहिन्थ्यो र ? उनी निरन्तर नाचिन् । गायक पँगेनीले उत्कृष्ट घोषणा गर्र्दै पुरस्कार स्वरुपमा ५ सय रुपैयाँ दिए ।

तर अञ्जलीलाई त्यतिले पुगेन । उनको सपना भनेकै काठमाडौंमा गएर चलचित्रमा नायिका बन्नु थियो । त्यसैले उनले हिम्मत जुटाएर आफुलाई नायिका बन्नका लागि काठमाडौं लैजान बद्रीसँग अनुरोध गरिन् । उनको हुटहुटी देखेर गायक पँगेनीले नाई भन्न सकेनन् । अञ्जलीलाई आमाले बद्री पँगेनीसँग काठमाडौं जान अनुमति दिएपछि आफुले सपना पुरा गर्ने अठोट लिएको यी मोडलले बताईन् ।

काठमाडौं आएर पनि उनलाई गायक पँगेनीले नै आफ्नो रेष्टुरेन्ट निरमायाँ दोहोरी साँझमा नोकरी दिए । काठमाडौं आउनासाथ दोहोरी साँझमा नाच्ने अबसर पाएकी अञ्जलीले अन्तत नृत्य र अभिनयमै करिअर बनाईन् । जीबनमा आफुलाई नृत्य र अभिनय गर्न पाउँदा सबैभन्दा बढी आनन्द मिलेको उनले राजधानीलाई बताईन् ।

एक वर्ष दोहोरी साँझमा लोक भाकामा नाचेपछि अञ्जलीलाई म्युजिक भिडियोमा अभिनय गर्ने रहर लाग्यो । गायिका मिरा गिरीसँग आफुले गाएको दोहोरी गीत खरबारीमा….मा मोडलिङ गर्ने अबसर गायक पँगेनीले २०७२ सालमा अञ्जलीलाई दिए ।

त्यो पल सम्झँदै मोडल अञ्जलीले भनिन्,‘पहिलो गीतमा असफल भएको खण्डमा मलाई घर फर्काईदिने चेतावनी बद्रीसरले दिनु भएको थियो । त्यसैले निकै मेहनत गरेर मैले यो गीतको भिडियोमा मोडलिङ गरें र पहिलो गीतमै मेरो अभिनय मन पराईयो ।’ त्यसपछि आफुले एकपछि अर्को गीतमा अभिनय गर्ने अबसर पाएको उनले बताईन् ।

अञ्जलीले अभिनय गरेको चर्चित गीतहरुको भिडियोमा प्रकाश सपुतको बोल मायाँ…, प्रकाशकै गलबन्दी…, राजन कार्कीको पान खायो मायाँले…, चलचित्र प्रसाद बनकी चरी के भन्छे…, बिष्णु माझीको झ्यालैमा…, मेलिना राई कल्ले बोलायो…, सुनिल गिरीको, सोल्टिनी…, खेम सेन्चुरी र मधु गिरीको सोचे झैं जिन्दगी रैनछ…, पुरुषोत्तम पौडेलको ओई कान्छु म परदेश जान्छु…, खेमकै आधि बाटो…, पुरुषोत्तम पौडेलकै महामारी…, शान्ति श्री परियारको मायाँलु…लगायत पर्दछन् । यी सबै भिडियोहरुले मिलियन भ्युज युट्युवमा पाईसकेका छन् ।

एकै दिन चार भिडियाेमा माेडलिङ

मोडल अञ्जलीको कमाई पनि राम्रो छ । तिजमा त उनीलाई म्युजिक भिडियोमा भ्याई नभ्याई हुने गरेको छ । एकै दिनमा चार ओटासम्म तिज गीतको भिडियोमा उनले अभिनय गरेकी छिन् । यसरी भिडियोमा लगातार २८ घन्टासम्म अभिनय गरेको अनुभव पनि उनले राजधानीलाई सुनाईन् । मोडलिङमा आफुलाई स्थापित गरेकी अञ्जलीलाई अहिलेसम्म सबैभन्दा बढी मन परेको अभिनय बोला मायाँकै रहेछ ।

यस्तै गलबन्दी च्यातियो पनि उनलाई मन परेको आफ्नो भिडियो हो । उनले आजकाल एउटा भिडियोमा काम गरे बापत ३५ देखि ५० हजार रुपैयाँसम्म पारिश्रमिक लिने गरेको पनि उनले बताईन् । यसरी आफुले गरेको मेहनत अनुसारका आफुले म्युजिक भिडियोबाट उत्कृष्ट मोडलको रुपमा विभिन्न अवार्डहरु पाउँदा साह्रै खुसी लाग्ने गरेको उनले बताएकी छिन् । अञ्जलीले चार वर्ष अघि नै उदारोमा चल्ने धेरै छन…बाट उत्कृष्ट मोडलको बिन्ध्यवासिनी म्युजिक अवार्ड हाँसिल गरेकी थिईन् ।

यस्तै गलबन्दीबाट २०७६ मा बिन्ध्यवासिनी म्युजिक अवार्ड, बोल मायाँ…बाट २०७४ मा नाट्यश्वरी म्युजिक अवार्ड, २०७५ मै इपिक म्युजिक अवार्ड, २०७६ मा पान खायो मायाले चुना हालेरबाट म्युजिक खबर म्युजिक अवार्ड २०७६ लगायतका अवार्ड उनले हाँसिल गरिसकेकी छिन् ।

अञ्जलीको मुख्य सपना अझै बाँकी छ । उनी चलचित्रको नायिका बन्न चाहन्छिन् । उनलाई केही चलचित्रबाट नायिकाको रुपमा प्रस्ताव नआएको पनि हैन । तर उनी अझै केही समयपछि मात्र नायिकाको रुपमा चलचित्रमा आउने योजनामा छिन् । नायिका बन्ने सपना अबको केही वर्षमा पुरा गर्ने उनले बताईन् ।

Post Views: 49

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme