Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

घट्यो सुनको मूल्य

Posted on October 21, 2022

काठमाडौं, कात्तिक ४ । साताको छैठौं दिन आज शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ६ सयले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य शुक्रबार स्थिर रहेर १ हजार १ सय ७० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

स्थानीयद्वारा मेलौली नगरपालिकामा तालाबन्दी
बैतडी, ४ कात्तिक । पन्ध्र शय्याको अस्पताल तोकिएका ठाउँमा निर्माणको माग गर्दै बैतडीको मेलौली नगरपालिकामा बिहीबारदेखि तालाबन्दी गरिएको छ । अस्पताल वडा नं १ को बिठ्ठनेमा बनाउनका लागि जग्गा उपलब्ध भइसकेपश्चात पनि पालिकाले स्थान छनोट गरेर अन्यत्र बनाउन खोजेपछि पुरानै ठाउँमा अस्पताल बन्नुपर्ने माग गर्दै स्थानीयले तालाबन्दी गरेका हुन्।

स्थानीय दशरथ नायकका अनुसार पालिकाको जननिर्वाचित प्रतिनिधि पुरानो ठाउँमा अस्पताल निर्माण गर्ने निर्णयमा नपुग्दासम्म तालाबन्दी नखुल्ने बताउनुभयो । अस्पताल निर्माणका लागि जग्गादान गर्ने जग्गादाता र अन्य स्थानीयले तालाबन्दी गरेका बताइएको छ । बिठ्ठनेमा अस्पताल निर्माण गर्न १५ रोपनी जग्गादान भसकेपछि पनि अन्यत्र सार्न खोजिएपछि आक्रोशित स्थानीयले नगरपालिकाको च्यानल गेट, स्वास्थ्य शाखा, शिक्षा शाखालगायतका अन्य शाखामा तालाबन्दी गरेका हुन् ।

नगरपालिकाकाले भने दुई स्थानमा जग्गादान गरेकाले दुवै ठाउँमा बनाउनुपर्ने माग गरेपछि विवाद आएको जनाएको छ । वडा नं १ र ७ मा अस्पताल निर्माणका लागि जग्गा प्राप्त भए पनि कुन ठाउँमा बनाउने निर्णय भने भइनसकेका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले जानकारी दिनुभयो ।

सङ्घीय सरकारले विसं २०७० मा मेलौलीमा १५ शय्याको अस्पताल निर्माणका लागि निर्णय गरे पनि अहिलेसम्म विवादकै कारण बन्न सकेको छैन । वडा नं ७ का बासिन्दाले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली रहेकै स्थानमो अस्पताल निर्माण हुनुपर्ने माग गर्दै आएका छन् । तालाबन्दी गर्ने पक्षसँग छलफल गरेर तालाबन्दी खुलाउने तयारी भएको उहाँको भनाइ छ । नगरपालिकामा तालाबन्दी हुँदा सम्पूर्ण सेवा ठप्प छन् ।

Post Views: 33

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme