Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

किशोरीले नै सँगै होटलमा बस्न चाहेको सन्दीपको दावी, होस्टल पनि नदेखाएको खुलासा !

Posted on October 21, 2022

काठमाडौँ – बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेले सरकारी वकिलको रोहवरमा प्रहरीसमक्ष इन्कारी बयान दिएका छन् । उनले सोमबार सरकारी वकिलको रोहवरमा प्रहरीसमक्ष इन्कारी बयान दिएका हुन् ।

म्याद थपका क्रममा न्यायाधीशले सन्दीपलाई केही भन्नु छ भनेर सोधेका थिए। त्यसक्रममा उनले यसअघि बयानमा जस्तै आफू निर्दोष रहेको जिकिर गरेकको स्रोतले जनाएको छ ।

प्रहरीले उनीहरु बसेको भनिएको होटेलको सीसीटिभी क्यामराको फुटेज पनि उनलाई देखाएको थियो । त्यसक्रममा सन्दीपले फुटेजमा देखिएको व्यक्ति आफैँ भए पनि जाहेरवालाकै अनुरोधमा त्यहाँ गएको बताएका छन् । उनले नगरकोटबाट फर्किएर आउँदा अबेर भएपछि जोहरवालाले नै होटेलमा बसौँ भनेको उल्लेख गरेका छन् ।

बयानमा सन्दीपले जाहेरवालाकै पूर्वयोजना अनुसार आफू नगरकोट पुगेको बताएका छन्। नगरकोटबाट फर्किएर आउँदा ढिला भएपछि जाहेरवालाले नै होटलमा बसौं भनेको र छुट्टाछुट्टै कोठा बुक गर्न खोज्दा खाली नभएपछि कोठा नम्बर ३०५ मा सँगै बस्नुपरेको बताएका छन् ।

होस्टल कहाँनेरी हो भनेर सोधे पनि उनले नदेखाएको सन्दीपले बयानमा भनेका छन्। अनुसन्धानका क्रममा प्रहरीले सङ्कलन गरेको सीसी टिभी फुटेजमा पनि लामिछाने र ती किशोरी राति ११ः५५ तिर कोठामा गएको देखिएको एक अधिकृतले बताए ।

पीडितले २१ भदौमा दिएको जाहेरी अनुसार त्यही राति लामिछानेले उनलाई पटकपटक जबरजस्ती करणी गरेका थिए । पीडितले जाहेरी दिएलगत्तै प्रहरीले उनको स्वास्थ्य परीक्षण गराएर अनुसन्धान थालेको थियो । उनले भनेको स्थानमा दुवैजना गएको प्रमाण फेला परेपछि प्रहरीले जाहेरी दर्ता गराएर अनुसन्धान थालेको थियो ।

जिल्ला अदालत, काठमाडौंले लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले उनलाई निलम्बन गरेको थियो । लामिछाने त्यसबेलासम्म क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैकामा थिए ।

पक्राउ पूर्जी जारी भएपछि उनले नेपाल आएर आरोपको कानूनीरुपमा सामना गर्ने बताएका थिए । तर एक महिनासम्म उनी सम्पर्कविहीन रहे । नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले लामिछानेविरुद्ध डिफ्यूजन नोटिस जारी गरेपछि लामिछाने दबाबमा परेका थिए ।

अमेरिकाको फ्लोरिडामा उनलाई एफबीआई (फेडरल ब्यूरो अफ इन्भेष्टिगेसन) ले लोकेट गरेपछि लामिछानेले आत्मसमर्पण गर्ने भन्दै स्ट्याटस लेखेका थिए । विकल्पहरु सकिएपछि लामिछाने २० असोजमा काठमाडौं आएका थिए । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने वित्तिकै उनलाई पक्राउ गरेको थियो । हाल सन्दीप प्रहरी वृत्त, गौशालाको हिरासतमा छन् ।

Post Views: 42

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme