Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

गएराती ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालक २० वर्षीय युवकको ज्यान गयो

Posted on October 21, 2022

बारा, ४ कात्तिक :बाराको जितपुर सिमरा उपमहानगरपालिका–२४ मा गएराती ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका–१९ का २० वर्षीय बसरूदिन देवान रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका देवानको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । नितनपुरबाट इनर्वा शिरातर्फ आउँदै गरेको बा २३ प ४२६९ नम्बरको मोटरसाइकललाई गएराति ९ बजे विपरित दिशाबाट जाँदै गरेको प्रदेश २–०३–००१ त ४११५ नम्बरको ट्रयाक्टरले ठक्कर दिएको थियो । ट्रयाक्टर सहित चालकलाई अस्थायी प्रहरी पोष्ट इनर्वा शिराले नियन्त्रणमा लिएको छ ।

बाजुरामा अटो रिक्साबाट खसेर एक जनाको मृत्यु :बाजुराको बुढीगंगा नगरपालिका–१ मा हिजो साँझ अटो रिक्साबाट खसेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका २ बस्ने ४५ वर्षीय मोति लुहार रहेका छन् । सुदुरपश्चिम प्रदेश–०१–००१ ह ४०६३ नम्बरको अटो रिक्साबाट हिजो साँझ साढे ५ बजे खसेर गम्भिर घाइते भएका लुहारको उपचारको क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको हो ।

Post Views: 55

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme