Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

फेसबुकबाट अभिनेत्री वर्षा सिवाकोटी गायब हुदा अभिनेत्री पूजा शर्मा एक महिनापछि पुन फर्किइन्

Posted on October 21, 2022

अभिनेत्री पूजा शर्मा एक महिनाभन्दा लामो समयपछि पुनः सामाजिक सञ्जालमा फर्किएकी छन् ।सामाजिक सञ्जालका पेजलाई निष्क्रिय बनाउनुअघि उनले फेसबुकमा स्टाटस लेख्दै बिनाकारण आफूलाई खेदो भनिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी थिइन् ।

बिहीबार दिउँसोदेखि उनको फेसबुक र इन्स्टाग्राम पृष्ठहरु सक्रिय देखिएका छन् । आफू अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’ रिलिजलगत्तै उनी भर्चुअल प्लेटफर्मबाट हराएकी थिइन् ।

सोसल मिडियामा फर्कंदै पूजाले आफूले ललितपुरको झम्सिखेलमा नयाँ व्यवसाय सुरु गर्न लागेको र चाँडै सञ्चालनमा ल्याउने समेत जानकारी दिएकी छन् । उनले यसलाई आफ्नो ‘स्वप्न प्रोजेक्ट’ भनेकी छन् । उनका अनुसार झम्सिखेलमा बहुउद्देश्यीय स्पोर्ट्स लाउन्ज सञ्चालनमा आउँदैछ ।

कामको कुरा गर्दा पूजा आफैंले निर्माण गर्न लागेको नयाँ फिल्म चुनावपछि छायांकनमा जाने तयारीमा छ, जहाँ अनमोल केसी प्रमुख भूमिकामा देखिंदैछन् ।

सामाजिक सञ्जाल वर्षा सिवाकोटी पनि ‘गायब’

हृदयघात भएको खबर सार्वजनिक भएलगत्तै अभिनेत्री वर्षा सिवाकोटी फेसबुकबाट गायब भएकी छन् । तर उनको इन्स्टाग्राम एकाउन्ट भने सक्रिय नै छ ।मिनी हार्ट अट्याक भएलगत्तै वर्षा उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेकी थिइन् । अहिले घरमै फर्किएर स्वास्थ्यलाभ गरिरहेकी छन् ।

Post Views: 55

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme