“टिकटक पछिल्लो समय युवा पुस्ताले निकै रुचाएको एप्स हो ।टिकटक बनाउनको लागि धेरै मिहेनत र खर्च गर्ने गरेका छन् । ३ मिनेटसम्मकोे भिडियो बनाउन मिल्ने यो एप्स टिकटकमा युवामात्र नभई बच्चा र वृद्धमा पनि उतिनै लोकप्रीय छ ।
“टिकटकमा गरेको अभिनयबाट धेरै व्यक्ति चर्चितसमेत भएका छन् ।डडेल्धुराको अमरगढी नगरपालिका ८ लटौलीकी २२ बर्षिया पबित्रा साँकी टिकटक नाम ‘मिस पबि’ले अहिले टिकटकमा भाइरल बनेकी छन् ।
“एक बर्षअघि उनको टिकटकमा केही हजार फलोअर मात्रै थिए । उनी डडेल्धुरी भाषामा बोलेका भिडियो अपलोड गर्थिन् । तर उनले बोलेको डडेल्धुरी भाषाको टिकटक भिडियोले टिकटकमा धेरैले मन पराउन थाले । ‘गित, डान्स भन्दापनी म डडेल्धु’राको भाषामा बोलेका भिडियो टिकटकमा धेरैले मन पराएको छ ।
“डडेल्धुरी भाषामा बोलेका भिडियोले म भाइरल भएकी हुँ । टिकटकमा भाइरल भएपछि म्युजिक भिडियो र बिज्ञा’पनका लागि अफर आउन्छन्, म्युजिक भिडियो र बिज्ञाप’नमा अभिनय गरेकी छु ।’ उनले भनिन्,
“अहिले उनले टिकटक एकाउन्टमा ५ लाख ५७ हजार बढी फ्लोर्स छन् भने साढे १६ मिलियन बढीले टिकटक भिडियोमा लाइक गरेका छन् । टिक टकमा भाइरल भएपछि उन लाई म्युजिक भिडियोमा अभि’नय गर्ने अफर आउने गरेको छ ।
“अहिलेसम्म उनले ८ वटा म्युजिक भिडियोमा अभिनय गरि सकेकी छन् । केही म्युजिक भिडियोमा अभिनय गर्ने तयारी गरेकी छन् । यस्तै व्यापार प्रवर्द्धनका लागी स्थानीय व्यापारीले अफर गर्ने गरेको टिकटक स्टार पबित्रा साँकीले बताइन् ।भिडियो हेर्न यहाँ थिच्नुहोस