काठमाडौं । नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध प्रहरी अनुसन्धान जारी छ । उनीविरुद्ध बुधबार तेस्रो पटक म्याद थप गरिएको छ । म्याद थप गरेर अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध यसअघि पहिलोपटक सात दिन र दोस्रोपटक पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको थियो ।अनुुसन्धान नसकिएकाले अझै केही दिन म्याद थपको माग गरिएको प्रहरीले जानकारी दियो ।
काठमाडौंस्थित प्रहरी वृत्त गौशालाले उनीविरुद्धको अनुसन्धान अगाडि बढाएको छ । गौशालाकै हिरासत कक्षमा अन्य थुनुवासँगै सन्दीपलाई पनि राखिएको छ । हेर्नुस –