Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

गोठटारमा गोली चलेको स्थलमै पेस्तोल भेटियो, गाडीको पिछा गरेर आक्रमण

Posted on September 19, 2022

राजधानीको गोठाटारस्थित गोली चलेको स्थलबाटै प्रहरीले पेस्तोल बरामद गरेको छ । काठमाडौं प्रहरी परिसरका एसएसपी भरत बोहराले घटनास्थलबाट पेस्तोल बरामद भएको बताए । सोमबार कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर लाल मोहम्मद भन्ने मोहम्मद दर्जी घाइते भएका थिए ।

उनी व्यक्ति गार्मेन्ट व्यवसायी भएको पुष्टि भएको छ । सर्लाहीको हरिवन घर भएका उनले गोठाटारमै एभेन्जर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालन गर्दै आएको खुलेको प्रहरीले जनाएको छ । उनी कागेश्वरी बस्दै आएको र त्यही व्यवसाय गर्ने गरेको खुलेको उपत्यका प्रहरी अनुसन्धान कार्यालयका एक अधिकारीले जानकारी दिए । रातो रंगको सर्ट लगाएर पल्सर मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर भागेको प्रहरीले जनाएको छ।

घाइतेलाई टिचिङ अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । सोमबार साँझ भएको घटनामा ४ राउण्ड गोली चलेको बताइएको छ । दर्जीलाई टाउकोमा दुई राउण्ड, दायाँ हातमा एक राउण्ड र दायाँ तिघ्रामा १ राउण्ड गोली लागेको छ । ५८ वर्षीय उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोहम्मद बा ६ च ५१५२ नम्बरको गाडीमा सवार थिए । उनलाई फलो गर्दै मोटरसाइकलमा आएका दुई जनाले गाडीबाट झरेर गार्मेन्ट (निवास पनि सोही स्थान) तर्फ जाने क्रममा एक्कासि गोली प्रहार भएको थियो । गाडी उनका चालकले चलाएको बताइएको छ । सुरुमा उनीमाथि ४ राउण्ड गोली प्रहार भएको र त्यसपछि एक राउण्ड हवाइ फायर भएको प्रत्यक्षदर्शी राम श्रेष्ठले जानकारी दिए ।

गोली लागेर ढलेपछि अपराधीले पेस्तोलको बटले टाउकोमा समेत हानेका थिए । गोली चलेको आवाज सुनेपछि घाइतेकी छोरीसहितका स्थानीयले हल्लाखल्ला गरेपछि पेस्तोल छाडेर अपराधी भागेको बताइएको छ । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान तीव्र पारेको छ।

Post Views: 48

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme