Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

छोरा-बुहारीले कोठामा के गर्छन ? भनेर हेर्न सासुले आफ्नो कोठामा लगाइन सीसी क्यामेरा र मोनिटर

Posted on October 21, 2022

काठमाडौं । शंका मानिसको सबैभन्दा घातक रोग हो । यसले आफू, आफ्नो परिवार र समाज समेत सिध्याउन बेर लगाउँदैन । परिवारका सदस्यमा विश्वास भएन भने ठूलो दुर्घटना निम्तिन्छ ।

भारतको त्रिपुराकी एक महिलाले आफ्ना श्रीमानविरुद्ध उजुरी दिन राज्य महिला आयोग पुगिन् । घटना सुनेर प्रहरी नै छक्क परे । श्रीमानले सुटुक्क घर भरी सीसीटीभी क्यामेरा लगाएको भन्दै उनी प्रहरी कार्यालय पुगेकी थिइन् ।

इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार पश्चिमी त्रिपुरा जिल्लाको प्रतापगढमा एउटा गाउँ छ, साधुतिल्ला । यहाँ यी दुईको तीन वर्ष अघि विवाह भएको थियो । महिलाका अनुसार उनका श्रीमानले गत वर्ष सेप्टेम्बरमा चार कोठे घरमा पाँचवटा क्यामरा राखे । त्यसपछि महिला घर छोडेर माइती गइन् ।

महिलाका अनुसार क्यामरा मेन गेटमा, सासुको कोठामा, बैठकमा र श्रीमान श्रीमतीको कोठामा पनि राखिएका थिए । श्रीमान श्रीमतीको कोठामा पनि क्यामेरा लगाएपछि उनलाई आपत्ति थियो ।

क्यामराको मोनिटर सासुको कोठामा फिट थियो जहाँबाट निगरानी राखिन्थ्यो । अनुशन्धानबाट खुल्दै जाँदा यो सबै काम सासुले गरेकी रहिछन् । थाहा पाएपछि छोरो (श्रीमान) भने आमाकै समर्थनमा लागेका थिए ।

यसका साथै महिलाले उनलाई विवाहको केही दिनपछि नै दाइजोका लागि सताउन थालेको पनि बताएकी छन् । विवाहका बेला दाइजोको कुरै नगरेको परिवारले एकाएक दाइजो मागेको उनले आरोप लगाइन् । उनको परिवारले एक पैतृक जमिन बेचेर पाएको दुई लाख भारु दाइजोस्वरुप दिएको बताइन् ।

यसबारे महिलाका श्रीमानसँग सोधपुछ भयो । उनले आफू निर्दोष भएको र दाइजोको कहिले पनि माग नगरेको बताए । श्रीमतीले घर छोड्ने तयारी गरिरहेका बेला आफूले जेल पठाउने धम्की दिए पछि आफूले यस्तो गरेको बताएका छन् । आफू निर्दोष छु भनेर प्रमाणीत गर्न जतासुकै सीसीटिभी क्यामेरा लगाएको उनको भनाई छ । यो काम आमाले गरेको पछि थाहा पाएपछि आफूले समर्थन गरेको बयान उनले दिएका छन् ।

श्रीमतीले गलत आरोप लगाउने गरेका कारण क्यामेरा लगाएको उनले बताए । महिला आयोगकी अध्यक्ष बरनाली गोस्वामीले यसलाई अपराध भन्न सकिने बताएकी छिन् । उनले भनिन्, ‘कोही महिला आफ्नै घरमा लगातार निगरानीमा कसरी बस्न सक्छिन् ?

’उनले १७ जुलाईमा दुई पक्षको कुरा सुनिन् र उनीहरुलाई ४५ दिनको समय पनि दिइन् । यतिबेला श्रीमानले श्रीमतीलाई गुजाराका लागि हरेक महिना ३ हजार भारु दिने पनि बताएका छन् । सम्बन्ध विच्छेद हुन सकेको छैन । तर भरणपोषणका लागि मानोचामल दिलाउँने काम भएको छ ।

Post Views: 56

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme