Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

१२ औं पटक डिभोर्स, नयाँ साथी खोज्दै यी महिला !

Posted on October 22, 2022

बिहे मानिसको जीवनको त्यो क्षण हो जसलाई सबैजसो मानिसले अनुभव गर्न चाहन्छन् र त्यसरी बिहे गरेर जीवनसाथी बनेको व्यक्तिसँग जीवनभर सँगै बाँच्ने बाचा गर्दछन् ।

बिहे गरिसकेपछि चाहे महिला होस् वा पुरुष जो कोहीलाई पनि आफ्नो सम्बन्ध जीवनभर चलोस् भन्ने चाहना हुन्छ । तर सबैको हकमा त्यो सम्भव हुँदैन । कहिलेकाहीँ विभिन्न कारणले पतिपत्नीबीच सम्बन्ध विच्छेद हुन्छ र बाटो अलग अलग बन्दछ ।

कुनै व्यक्तिको जीवनमा एक दुई पटक वैवाहिक सम्बन्ध टुंगिनु त सामान्य नै होला । तर यस्तो डिभोर्स जब एउटा व्यक्तिको जीवनमा १२औं पटकसम्म हुन्छ तब, अवस्था के होला रु अमेरिकामा बस्ने एक महिलाको जीवनमा यस्तो अकल्पनीय घटना भएको छ ।

ती महिलाले ११ पटक बिहे गरिसकेकी थिइन् र उनको सबैसँग डिभोर्स भैसकेको थियो । उनले पछिल्ला दिनमा १२औं बिहे गर्ने कोसिस पनि गरिन् तर बाह्रौं बिहेचाहिं इन्गेजमेन्टमै पुगेर टुंगियो ।

डेलीस्टारको रिपोर्ट अनुसार ५२ वर्षकी मोनेट डियासको जीवनमा यस्तो घटना भएको हो । पेशाले इन्टेरियर डिजाइनर रहेकी मोनेटले ११ वटा बिहे र एउटा इन्गेजमेन्ट गरेर पनि अहिले एक्ली छिन् । उनी एकल आमा हुन् ।

मोनेटकी बहिनी मार्सीका अनुसार जब उनकी दिदी मोनेटले दुईरतीन वटा बिहे गरिन् त्यतिबेलासम्म त उनीहरूलाई सामान्य नै लागेको थियो र उनको भविष्यबारे कुनै पनि चिन्ता थिएन । तर मोनेटको डिभोर्सको शृङ्खला रोकिएन ।

बिहे गर्ने र डिभोर्स गर्ने क्रम चलिरहँदा उनको ११औं बिहे पनि टुट्यो । अब चाहिं उनको ९मोनेट० जीवनमा कुनै पनि पुरुष लेखेको रहेनछ भन्ने बहिनी मार्सीलाई लागेको छ । रिपोर्ट अनुसार ११औं पतिबाट अलग भएसँगै नयाँ पार्टनरको खोजीमा मोनेट टिएलसी टेलिभिजनको रियालिटी शो ‘मा गएकी थिइन् ।

टेलिभिजन सिरिजमै उनको भेट जोनसँग भयो । केही समयपछि दुई जनाबीच इन्गेजमेन्ट भयो । दुवैको सम्बन्ध ठीकै चलिरहेको थियो तर अचानक उनीहरूको ब्रेकअप भयो ।

जोनसँगको ब्रेकअप आफ्ना लागि निकै कठिन रहेको मोनेट बताउँछिन् । आफूले जोनलाई निकै माया गर्ने गरेको र सम्बन्ध जोगाउनका लागि धेरै प्रयास गरेको भए पनि सफल नभएको उनी बताउँछिन् । १२औं पटकसम्म ब्रेकअप भए पनि मोनेटको आशा अझै मरेको छैन । एकदिन सच्चा साथी अवश्य भेटिने उनको अभिलाषा छ । एजेन्सीको सहयोगमा

Post Views: 57

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme