Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

दशैँको भोलिपल्ट नेपाल आएका सन्दीप लामिछाने कहाँ मनाउँदैछन् तिहार ?

Posted on October 22, 2022

सन्दीप लामिछानेको तिहार प्रहरी हि’रासतमै बित्ने भएको छ । अनुसन्धान नसकिएकाले तिहारपछि मात्र उनीविरु’द्ध अदालतमा मु’द्दा दायर हुनेछ ।

विदेशबाटै फर्कंदै गर्दा गत २० असोजमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प’क्राउ परेका थिए । शुक्रबारसम्म उनी १६ दिन प्रहरी हिरासतमा बसिसकेका छन् ।

जब’र्जस्ती क’रणी मुद्दामा प्रहरीले अधिकतम २५ दिनसम्म मात्र थु’नेर अनुसन्धान गर्न पाउँछ । तर, तिहार र छठको एक साता लामो बिदाका कारण सन्दीप २५ दिनभन्दा लामो समय हिरा’सतमा बस्नुपर्ने भएको छ ।

तिहारअघि आइतबार मात्र अदालत खुल्नेछ । शुक्रबारसम्म प्रहरीले अनुसन्धान सकाएको छैन । प्रहरीले अनुसन्धान सकाएर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउनेछ । सोही अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा मु’द्दा दायर गर्नेछ ।

अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोजन गर्न सरकारी वकिलले सामान्यतया दुई दिनको समय लिने गर्दछ । मु’द्दा दायर भएपछि अदालतले थुन’छेक बहस सुनेर थु’नामा पठाउने वा रि’हा गर्ने आदेश गर्नेछ ।

यसरी अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा पुगेर आदेश हुनसम्म कम्तीमा दुई दिन लाग्ने, तर तिहारअघि एक दिन मात्र बाँकी भएकाले उनीमाथि तिहारपछि मात्र मु’द्दा दायर हुने भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनाली सो मुद्दामा अनुसन्धान अन्तिम चरणमा पुगेको बताउँछन् । तिहारअघि अनुसन्धान नसकिए तिहारलगत्तै मु’द्दा प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।

लामिछाने प्रहरी वृत्त गौशालाको हि’रासतमा छन् । घटनास्थल गौशला वृ’त्त मातहतको पिंगलास्थानस्थित एक होटेल भएकाले त्यहाँबाट अनुसन्धान अघि बढेको हो । साथै, नेपाल क्रिकेट एसोसिएसन (क्यान) लगायत निकायलाई पत्र लेखेर उनी राष्ट्रिय क्रिकेट टिम बसेको होटेल छाडेर निस्किएको लगायत विषयमा जानकारी माग गरेको छ ।

‘केही निकायबाट जवाफ आउन बाँकी छ,’ गौशाला वृत्तका एक अधिकारीले भने, ‘त्यसपछि मु’द्दा दायरको प्रक्रिया अघि बढ्नेछ ।’ बयानका क्रममा लामिछानेले आफू ती कि’शोरीसँग उनको आग्रहमा होटेलमा गएको र आफूहरूबीच कुनै सम्बन्ध नभएको दाबी गरेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

Post Views: 51

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme