Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

फिल्ममा भविष्य नदेखेपछि पुजा शर्माले रोजीन नयाँ बाटो

Posted on October 22, 2022

काठमाडौं । एक महिनाभन्दा लामो समयपछि अभिनेत्री पूजा शर्मा पुनः सामाजिक सञ्जालमा फर्किएकी छन् । बिहीबार दिउँसोदेखि सामाजिक संजालमा सकृय रहेकी उनले ललितपुरको झम्सिखेलमा नयाँ व्यवसाय सुरु गर्न लागेको र चाँडै सञ्चालनमा ल्याउने समेत जानकारी दिएकी छन् ।

उनले यसलाई आफ्नो ‘स्वप्न प्रोजेक्ट’ भनेकी छन् । उनका पछिल्ला फिल्महरु ब्याक टु ब्याक असफल हुन थालेपछि उनले नयाँ बाटो रोजेको जानकारी प्राप्त भएको छ ।

सामाजिक सञ्जालबाट विश्राम लिनुअघि फेसबुकमा एक स्टाटस लेख्दै पूजाले आफूलाई खेदिएको भन्दै दुःख व्यक्त गरेकी थिइन् । राम्रो काम गर्दा पनि नराम्रो गरेको भन्दै विरोध गरिएकोप्रति उनले असन्तुष्टि जनाएकी थिइन् ।

निकट स्रोतका अनुसार पूजा केही महिना सामाजिक सञ्जालबाट अलग हुनेछिन् भने फिल्मबाट सधैंका लागी बिदा लिनेछिन् । उनका अनुसार झम्सिखेलमा बहुउद्देश्यीय स्पोर्ट्स लाउन्ज सञ्चालनमा आउँदैछ ।

‘उनी यी दुई प्रोजेक्टलाई अब समय दिन चाहन्छिन् र फिल्म खेल्ने उनको सम्भावना लगभव न्यन देखिन्छ । उनले यो इन्डष्ट्रिबाट हात झिकिसकेकि छिन् ।

आफू अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’ सुपरफ्लप भएपछि उनी भर्चुअल प्लेटफर्मबाट हराएकी थिइन् ।फेसबुकमा स्टाटस लेख्दै बिनाकारण आफूलाई खेदो भनिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै सामाजिक संजालबाट गायब भएकी थिइन् ।

प्रेमीसँग विबाहको तयारी समेत भएको पूजाले बेला बेलामा बताउने गरेकी छिन् । उनले नयाँ ब्यबसायको पछाडी हाम फाल्नुको मुल कारण नै फिल्म क्षेत्रमा देखा परेको ब्याक टु ब्याक असफलता नै हो ।

यता हृदयघात भएको खबर सार्वजनिक भएलगत्तै अभिनेत्री वर्षा सिवाकोटी फेसबुकबाट गायब भएकी छन् ।उनले आज दिउसो देखि फेसबुक डिएक्टिभेट गरेकी हुन् । उनको फेसबुक बिहिबार दिउँसोदेखि डिएक्टिभेट भएको छ ।उनले आज दिउसो देखि फेसबुक डिएक्टिभेट गरेकी हुन् । उनको फेसबुक बिहिबार दिउँसोदेखि डिएक्टिभेट भएको छ ।

उनले पछिल्लो पटक ‘मिनी हार्ट अट्याक’ भनेर फेसबुक पोस्ट गरेकी थिइन् । त्यसपछि उनलाई धेरैले कमेन्टमा स्वास्थ्य लाभको कामनासमेत गरेका थिए ।त्यसपछि उनले उक्त पोस्टलाई एडिट गर्दै अर्थक्वेकफेल्ट भनेर ह्यासट्यागसमेत थपेकी थिइन् ।

तर अपरान्हदेखि वर्षाको फेसबुक डिएक्टिभेट भएपछि उनका फ्यानहरु चकित भएका छन् । फेसबुक डिएक्टिभेट गरेपछि धेरैले आश्चर्य व्यक्त गरिरहेका छन् ।

Post Views: 46

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme