काठमाडौं-मोरङको सुन्दरहरैंचा नगरपालिकामा तीन छोरीले आफ्नी आमाको का’जकिरिया गरिरहेका छन् ।छोराले मात्र काजकिरिया गर्नुपर्छ भन्ने परम्परागत हिन्दू धार्मिक मान्यतालाई चुनौती दिंदै सुन्दरहरैंचा-४, बाँसबारीका
दीपा खतिवडा, सुनिता खतिवडा र सपना खतिवडा (सिलवाल)ले आफ्नी दिवंगत आमाको सामूहिक क्रियामा बसेका छन् ।आमालाई दा’गबत्ती दिने दीपा र सुनिता अवि’वाहित हुन् भने सपना वि’वाहित हुन्।५५ वर्षीया आमा मनमाया ढकाल खतिवडाको निधनपछि दुई दिदीबहिनीले का’जकिरिया गरिरहेको दीपाले बताइन् ।
आमा सबैको भएकाले छोरीलाई का’जकिरियाबाट बञ्चित गर्ने संस्कारलाई आफूहरुले नमान्ने दीपाले बताइन् ।उनीहरुको एक मात्र भाइको सानै उमेरमा मृ’त्यु भएको थियो ।
बाबुआमाको काजकिरिया छोराले मात्र गर्नुपर्छ भन्ने परम्परागत सोचमा परिवर्तन ल्याउन खतिवडा दिदीबहिनीले गरेको साहसलाई सामाजिक सञ्जालमा धेरैले सराहना गरेका छन् ।-अनलाईन खबर