Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

किशोरीले नै यस्तो समस्या बताएपछि घुम्न लगेको भन्दै धरधरी रोए सन्दीप, कल डिटेल आउँदै !

Posted on October 22, 2022

ग्लोबल स्टार क्रिकेटर सन्दीप लामिछानेले आफूूमाथिका आ’रोपहरु निराधार रहेको बताएका छन् । गत असोज २० गतेदेखि प्रहरीको हिरा’सतमा रहेका उनलाई आइतबारसम्म हिरा’सतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ।

यसअघि नै उनको ब’यान भने सरकारी वकिल कार्यालयले गराइसकेको छ। सन्दीपको ब’यान तीन दिन गराइएको थियो। उक्त ब’यान प्रमाणित पनि भइसकेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं श्रोतले जनाएको छ।

‘उहाँको बयान तीन दिन बोलाएर गरिसकिएको छ। उक्त बयान प्रमाणित पनि भइसकेको छ। उहाँलाई नै पढ्न दिएर ठिक छनि भनेर उहाँले रुजु गरेपछि बयान प्रमाणित गरिएको हो, अब प्रहरीले अन्य प्रमाण संकलनको काम सकेर हामीकोमा ल्याएपछि अध्ययन गरेर अदालतमा दर्ता गर्छौं’, सरकारी वकिल कार्यालयका अधिकारीले भने।

बयानका क्रममा उनले किशोरीले नै बोलाएर गएको बताएका छन्। क्रिकेटर साथी मार्फत चिनजान भएको र किशोरीले १८ वर्ष माथिको भएको बताएको पनि बयान दिएका छन्।

‘किशोरीले आफ्नो घरायसी समस्या बताउँदा भावुक भएँ। त्यही भएर उनको आग्रहलाई नकार्न नसकेर नगरकोट गएको हो’, सन्दीपले ब’यानमा भनेका छन्। राति होटलमा एउटै कोठामा सुते पनि आफू रातभर नसुतेको कुर्सीमै बसेको र कि’शोरी मात्रै बेडमा सुतेको बताउँदै ब’लात्का रको आ’रोपको खण्डन गरेका छन्।

आफूलाई फ’साउने नि’यतले यस्तो आ’रोप लगाएको सन्दीपको बयान छ। बयान दिन जिल्ला सरकारी वकिल कार्यालयमा पुर्याउँदा उनी ध’रधरी रो’एका थिए। उनले निक्कै हतोत्साहित भएको कुरा बताएपछि सरकारी वकिलले उनलाई योगा र ध्यान गर्न सुझाव दिएका छन्।

उमेर भर्खरकै भएकाले दो’षी ठहर भए पनि जीन्दगी धेरै भएकाले हतोत्सा’हित नहुन भन्दै सम्झाएका छन्। अहिले सन्दीपलाई प्रहरी बृत्त गौशालामा राखेर अनु’सन्धान गरिरहेको छ। अनुसन्धानका धेरै पाटो सकिए पनि मोबाइलको अप्रे’सन डाटा आउन बाँकी रहेको छ। त्यसबाट मोबाइलको कल डिटेल म्यासेज रिकभर लगायत सबै विवरण निस्कन्छ। त्यसका लागि केही दिन समय लाग्ने प्रहरीले बताएको छ।

अदालतले भने म्याद थप नगरी अब आउँदा अभि’योजन पत्रसहित आउन भनेको थियो। तीन दिनअघि मात्रै अदालतले तेस्रो पटक चार दिनको म्याद दिएको छ। त्यसअघि पहिलो पटक सात दिन र दोस्रो पटक ५ दिनको म्याद दिएको थियो।

स्रोतका अनुसार प्रहरीले अहिलेसम्म होटलमा गएको सीसीटिभी फुटेज र किशोरीको नागरिकता मात्रै प्रमाणका रुपमा संकलन गरेको छ।

‘अहिलेसम्म प्रहरीसँग किशोरी नाबालिग हुन् भन्ने बाहेक अन्य प्रमाण देखिएको छैन। प्रहरीलाई पी’डित पक्षले नागरिकता उपलब्ध गराएका छन्। त्यसका आधारमा हेर्दा ना’बालिग नै भन्ने देखिन्छ। अन्य प्रमाण हामीले खोजेका छैनौं। मिडियामा जन्म दर्ताको विषयलाई लिएर किशोरीको उमेर १८ वर्ष माथी भन्ने सुनेका छौं तर त्यो प्रमाण हामीसम्म आइसकेको छैन। सायद सन्दीप पक्षले त्यो प्रमाण अ’दालतमा पेश गर्ला’, अनुस’न्धानमा संल’ग्न अधिकारीले भने।

यता सन्दीप लामिछाने पक्षले भने किशोरी १८ वर्ष माथी भएको र नागरिकता लगायत कागजातमा उमेर घटाएको विषयलाई जोड दिने तयारी गरेको छ।

Post Views: 86

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme