Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

डिभीका लागि फोटो खिच्दा ब्याकग्राउण्ड कस्तो हुनुपर्छ ?

Posted on October 22, 2022

काठमाडौं :

डिभी भर्दा चाहिने फोटोका लागि ब्याकग्राउण्ड सेतो हुनुपर्छ । पूर्णरुपमा सेतो नभएको खण्डमा सेतोकोमात्रा अधिंकाश भएको तर हल्का खैरो, पँहेलो वा अन्य हल्का रंग मिसिएको सेतो ब्याकग्राउण्ड भएपनि हुन्छ ।

फोटोको आकार र पोजिसनमा ध्यान दिनुहोस् । फोटो ६ महिनाभित्र खिचेको हुनुपर्छ । डिभीका लागि पेश गरिने फोटोकोे गुणस्तर र कम्पोजिशन पनि अमेरिकी भिसाका लागि पेश गरिने फोटोकै जस्तो हुनु पर्दछ ।

ब्याकग्राउण्ड सेतो हुनुपर्छ । पूर्णरुपमा सेतो नभएको खण्डमा हल्का खैरो, पँहेलो वा अन्य हल्का रंग मिसिएको सेतो ब्याकग्राउण्ड भएपनि हुन्छ ।
गत साल डिभीको आवेदनमा

पेश गरिएको फोटो पुनः पेश गरेमा, मिलाइएको फोटो प्रयोग गरेमा वा तल उल्लेख गरिए अनुरूपका आवश्यकताहरू पूरा नभएको खण्डमा तपाईँ डिभीका लागि अयोग्य ठहरिनुहुनेछ ।

अनुहारको अभिव्यक्ति निष्पक्ष भएको हुनुपर्छ ।तपाईँको डिजिटल फोटो रङ्गिन, फोकस मिलेको, सादा सेतो वा हल्का रङ्गको पृष्ठभूमिमा खिचिएको, पूरा अनुहार देखिने गरी

सिधा क्यामेरामा हेरी खिचिएको, अनुहारको अभिव्यक्ति निष्पक्ष भएको र दुवै आँखा खुला भएको, आफूले दिनदिनै लगाउने कपडामा खिचिएको हुनुपर्छ । चश्मा लगाएको हुनुहुँदैन ।

चश्मा लगाएको हुनुहुँदैन ।चालक अनुमतिपत्र वा अन्य सरकारी परिचयपत्रबाट प्रतिलिपि उतार गरिएका वा स्क्यान गरिएका फोटोहरू मान्य हुँदैनन् ।
फोटोको रिजोलुशन र गुणस्तरमा ध्यान दिनुहोस् ।

स्न्यापशट, पत्रिकामा प्रकाशित फोटो, भेन्डिङ मेशिन वा मोबाइल फोनबाट खिचिएका कमसल गुणस्तरका फोटो वा पूर्ण–लम्बाइका फोटोहरू स्वीकार्य हुदैनन् ।कपाल, पोशाक र टोपीमा ध्यान दिनुहोस् ।

फोटो जेपीजी फरम्याटमा हुनु पर्दछ भने फोटोकोसाइज २४० किलोबाइट वा सोभन्दा कम हुनु पर्दछ । फोटोको लम्बाइ र चौडाइ बराबर हुनु पर्दछ भने डाइमेन्सन कम्तीमा ६०० पिक्सेल ६०० पिक्सेल हुनु पर्दछ ।

छाया परेको वा बढी प्रकाश भएको हुनुहुदैन ।सानो बच्चाको फोटो खिच्दा फोटोमा अन्य कुनै व्यक्ति हुनुहुँदैन । बच्चाको आँखा खुला हुनु पर्दछ र बच्चाले क्यामेरातिर हेरेको हुनु पर्दछ ।

बच्चालाई सादा सेतो वा हल्का तन्नामा पिठ्युँ पछाडि पारेर सुताएर फोटो खिच्न सकिन्छ । यसले गर्दा बच्चाको टाउकोलाई आड पुग्छ र फोटोको लागि सादा पृष्ठभूमि पनि सुनिश्चित हुन्छ ।

बच्चाको फोटो खिच्दा फोटोमा अन्य कुनै व्यक्ति हुनुहुँदैन ।बच्चा पल्टेकोले खास गरी माथिबाट फोटो खिच्नुपरेको अवस्थामा बच्चाको अनुहारमा छाया पर्न नदिनुहोस् । त्यस्तै कारको सिटलाई सादा सेतो वा हल्का रङको कपडाले छोपेर र बच्चालाई कारको सिटमा राखेर पनि फोटो खिच्न सकिन्छ । यसो गर्दा पनि बच्चाको टाउकोलाई आड मिल्दछ ।

अनुहार पूर्णरुपमा देखिएको हुनुपर्छ । कपाल, मफलर वा अन्य कुनै गहनाले बाधा हालेको हुनुहुदैन ।अमेरिकी विदेश मन्त्रालयले जारी गरेको निर्देशिकामा आधारित ।

Post Views: 39

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme