अस्ट्रेलियाको
सुरक्षा सं’यन्त्र सक्षम भएपनि साना ब्यवसायीहरु बेलाबेला लु’टेराको निशानामा पर्ने गरेका छन । त्यसको पछिल्लो उदाहरण होे सिड्नीको ओबनमा नेपालीद्वारा संचालित क्याटमाडौं सुपर मार्केट ।
संचालमा आएको अढाई बर्षमा दुईपटक लु’टेराको निशानमा परिसकेको छ यो पसल । गतबर्षपनि काउन्टर भित्रैपसेर चाडवाडको बेला केहीनगद सुपरमार्केटबाट लुटियो ।
दोस्रोपटक २८ जुन आईतबार साँझ फेरी उही नेपाली सुपर मार्केट लुटेराको निशानामा पर्यो । आईबार साँझ सातबजे र नौमिनेट गएको थियो । म पसलान एक्लै काम गरिरहेको थिए ।
मेरा साथीहरु किनमेल गरेर फर्किसकेका थिए । उनीहरु फर्केको दश मिनेट पछि पसलमा एउटा मान्छे आयो । सुपरमार्केट संचालक २३ बर्षिया पबित्राकार्की त्यो साँझको घ’टनाको फेहरिस्त यसरी सुनाउछिन
मुख सवै ढाकेको र हुँट लगाएको केटा मान्छे सरासर मेरो पसल भित्र पस्यो । मैले सोचे कुनै मेरो नियमीत ग्राहक होला, उ कुनै ड्रिङस किन्न आयो होला ।
तर, उ सिधै मेरो अगाडी तिर सुइसुइ आयो र भन्यो ‘गिभ मी मनी ।’ तर मैले बुझिन । ग्राहकले त आएर समान माग्नु पर्ने हो, उसले पैसा मागिरहेको छ । उनले मनमनै सोचिन ।
सामान भएको ठाँउ तिर जानु पर्ने हो तर उत मेरो काउन्टर तिर पो आउन थाल्यो । त्यसपछि मेरो दिमागमा अनुमान लगायोे की यो पकै चो र हो ।’ अनि मैले रोक्ने प्रयास गर्दा हातपात भयो ।
फेरी उसले ‘गिभ मि मनी’ भन्दै मेरो काउन्टरबाट पैसा निकाल्न खोज्यो । काउन्टर बाटै पैसा निकाल्न खोजे पछि त पबित्रालाई सय प्रतिशत चो र नै जस्तो लाग्यो ।
पवित्रा भन्छिन, मैले प्र’हरीलाई खवर पनि गर्न सक्थे । पैसा दिदापनि हुने थियो । तर, यस्तालाई केही पाठ सिकाउनु पर्छ भनेर आँट बटुले । उसले पैसा राखेको डयर तान्न खोज्दा फेरी हात हालाहाल भयो । तर म डराईन । उसले मेरो हात समातेको थियो । यसो दायाँवायाँ हेरेको च’क्कु देखे । त्यही च’क्कु समातेर नेपाली मै तलाई भन्दै चक्कु उझ्याएको त मेरो हात रोक्न खोज्यो ।
त्यसपछि मलाई लाग्यो । यो मान्छे डराउदो रहेछ । उसलाई पनि यो केटीले हानी हाल्छेकी जस्तो लागेछ । मलाई चाही च’क्कु नहाने पनि लखेट्न चाही सक्छु भन्ने बिश्वास बढेर आयो । । मैले उसलाई च’क्कु देखाएरै लखेटे । उ पसल बाहिर भाग्यो । फेरी मैले नेपालीमै त लाई भन्दै खेदाए ।
को हुन साहासीक पबित्रा
रौतहट चन्द्रनिगाहपुरकी २३ बर्षिय पबित्रा कार्की सन् २०१७ मा अध्ययनका लागि अस्ट्रेलिएका आएकी थिईन । उनले आफ्नै परिवारको लगानीमा एक बर्षअघि सिड्नीको ओबनमा सुपुर मार्केट संचालन गरेकी थिईन । उनी सधै बिहान र दिउँसो मात्र पसलमा वस्थिन । साँझपख कहिल्यै काम नगरेको बताईन ।
उनले नै पसल संचालनमा आएपछि साँझ काम गरेको आइतवार पहिलो पटक हो । आईतवार साँभ जीवनमै सोच्दै नसोचेको विपक्ती आईलाग्यो । तर उनले गलत प्रवृतिको डटेर लडिन र सफल पनि भईन । यो उनको सफलताले सिंगो नेपालीजनको शिर उच्च भएको छ । समाजका वि’कृति र विंगति बि’रुद्ध लड्नु पर्छ भन्ने शिक्षा पाएकी
पबित्राको हिप्मत देखेर उनका बुवाआमा, शिक्षक र उनका साथी भाईहरुको खुशीको सिमा नाघेको छ । अस्ट्रेलियामा मात्र हैन, उनको जन्म थलो रौतहट चन्द्रनिगाहपुरमा पनि त्यतिकै चर्चा छ । नेपलीज अस्तेर्लियन डटकम बाट।