Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

सञ्जोगसँग लडाँई परेपछि वर्षाले भनिन् : दिनदिनै झगडा गरेर बस्नुभन्दा त छुट्टिएकै राम्रो

Posted on October 22, 2022

काठमाडौं । अभिनेत्री वर्षा राउतको पति सञ्जोग कोइरालासँग झगडा परेको छ । हालै उनले पतिको तस्वीर इन्स्टाग्रामबाट हटाएपछि कुरा बाहिर आएको हो । सोही कुरालाई लिएर दुवैले आफूहरुबीच समस्या नरहेको प्रष्टीकरण दिनुपर्यो ।

वर्षका अनुसार दिनदिनै झगडा गरेर बस्नुभन्दा त छुट्टिएकै राम्रो हुन्छ । प्रेम विवाह गरेको केही वर्षमै इन्स्टाग्रामबाट फोटो हटाएको कुरा बाहिर आएपछि उनीहरूबीच सबै कुरा सामान्य रहेको भन्ने कुरामा नै सवाल उठ्यो ।

तर यतिबेला वर्षा आफैंले ठूलै झगडा परेको खुलासा गरेकी छिन् । उनी अभिनित पछिल्लो फिल्म ‘के घर के डेरा’ को प्रमोसन अभियानमा हिंडेकी वर्षाले यस्तो बताएकी हुन् । वैवाहिक सम्बन्धमा आएको समस्या, सोचमा आएको उतारचढाव र बेबी प्लानबारे पनि उनले बोलेकी छिन् ।

रिसमा आफूले फोटो हटाएको उनले बताइन् । उनले भनिन्, ‘मलाई एकदमै रिस उठेको थियो । मलाई यो मान्छेको फोटो प्रोफाइलमा राख्नु नै छैन भनेको जस्तो । अझ पनि छोरा पराई भइसक्यो भन्ने भएको छैन । म अझै पनि त्यही घरको छोरी हो । त्यो घरको बुहारी पनि हो हुन त । झगडा पर्दा बेक्कार छिटो बिहे गरेछु कि भन्ने जस्तो लाग्यो ।’

कुरा बाहिर आएपछि आफूलाई धेरैले फोन गरेको तर हालखबर सोधखोज नगरेको उनको गुनासो पनि उनले गरिन् । यो कुरा उनलाई नराम्रो लाग्यो । झगडा धेरै बढेपछि यस्तो राम्रो जोडी छुट्टिनु हुँदैन भनेर आफन्तले सम्झाएको पनि उनले उल्लेख गरेकी छिन् ।

उनी भन्छिन्, ‘यस्तो नगर है नगर भन्नुभयो । तर कसैले पनि तिमीहरुको बीचमा के प्रब्लम भएको हो भनेर सोध्नुभएन । उहाँहरुले उदाहरणीय जोडी भन्नुभयो । उदाहरणीय हुनुहुन्छ कति जना, तर कहिलेकाहीं खुसी भइँदैन ।’

अभिनेत्री राउतका अनुसार एक समयपछि सोच मिल्दैन । मान्छेको सोच परिवर्तन हुन्छ । दिनदिनै झगडा गरेर बस्नुभन्दा त छुट्टिएकै राम्रो हुने तर्क पनि उनको छ । बच्चाबारे कुरा गर्दै उनले श्रीमानका कारण ढिला भएको जानकारी दिइन् । उनी भन्छिन्, ‘सञ्जोग अब के छ त प्लान, सुरसार गर्ने होइन त भन्दाखेरि एक–दुई वर्ष कुरुम न त भन्ने कुरा भएको छ ।’

Post Views: 108

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme