Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

नेपाली बालिकालाई रेमो डिसुजाले दिए ‘डान्स इन्डिया डान्स’मा भाग लिन निम्तो

Posted on October 23, 2022

काठमाडौं । फिल्म ‘पुष्पा’को चर्चित गीत ‘सामी सामी’ गीतमा आकर्षक नृत्य गर्दै भाइरल बनेकी नेपाली बालिका बरिशा थापाको चर्चा नेपालमा मात्र सीमित छैन । ‘पुष्पा’ अभिनेत्री रश्मिका मन्दानाले बालिकासँग भेट्न चाहेको बताएपछि उनको चर्चा रातारात चुलियो । यसैबीच, बलिउड कोरियोग्राफर रेमो डिसुजा र बालिकाबीच जुममार्फत भर्चुअल कुराकानी भएको छ ।

हेटौंडास्थित एक स्कुलमा युकेजीमा अध्ययनरत यी बालिकालाई कोरियोग्राफर डिसुजाले आफ्नो आगामी रियालिटी शो ‘डान्स इन्डिया डान्स’मा सहभागिताका लागि निम्तो दिएका छन् ।

‘तिमीले अडिसन पनि दिनुपर्दैन र वाइल्ड कार्ड इन्ट्रीमार्फत सीधै भाग लिन पाउनेछौ’ उक्त जुम मिटिङमा डिसुजाले भनेका छन् । बरिशालाई आफूले भेट्न चाहेको बताउँदै भारत आउन उनले निम्तो दिएका हुन् ।

उक्त भर्चुअल कुराकानीमा बरिशाले डिसुजालाई सामी सामी बोलको गीतमा आकर्षक डान्स समेत देखाएकी थिइन् । बरिशाको स्कुलका प्रिन्सिपल पनि भर्चुअल छलफलमा थिए ।

Post Views: 56

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme