Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

बसले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु

Posted on October 23, 2022

धनगढी : कैलालीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिकाको ढुङ्गे बजार नजिकै बसले ठक्कर दिँदा इलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत प्रहरी हवल्दार ३७ वर्षीय नेत्रप्रसाद जैशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जैसी सवार से१ ब २१६ नम्बरको मोटरसाइकललाई ना ६ ख ७४५९ नम्बरको बसले पछाडीबाट ठक्कर दिएको थियो । दुर्घटनामा घाइते उनको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।

लम्कीचुहा नगरपालिका घर भएका जैसी कार्यालयकै काममा वडा नम्बर ३ को बलचौरमा खटिएका थिए । बस र चालक ज्यातीसिंह चौधरीलाई प्रहरीले नियन्न्त्रणमा लिएको छ ।

Post Views: 39

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme