Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

२०२२ विश्वकप फुटबल प्रसारण हिमालय टीभी बाट हुने !

Posted on October 23, 2022

कात्तिक ५, काठमाडौं : विश्वकप कतार २०२२ का सबै खेलहरु हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुने भएका छन् । हिमालय टेलिभिजनबाट दुईवटा च्यानलबाट खेलहरु

प्रसारण गर्नेगरी तयारी थालिएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले बताए । विश्वकपजस्तो ठूलो कन्टेन्ट देखाउन पाउनु टेलिभिजनका लागि आफैंमा ठूलो अवसर हो

टेलिभिजनका कार्यकारी निर्देशक कँडेलले भने, त्यसैले नेपालको प्रसारण अधिकार पाएको मिडिया हबसँग प्रसारण शुल्क नलिई ६४ वटै खेल देखाउन तत्पर भएका हौं । ग्राहकले तिर्ने अतिरिक्त शुल्क एवं विज्ञापनबाट हुने आम्दानी मिडिया हब र

केबल वितरकबीच साझेदारी हुने र हिमालय टेलिभिजनले कुनै शुल्क नलिने समझदारी भएको समेत उनले बताए ।
फिफाले यसपटक दक्षिण एशियाली देशहरुमा जियो

लक सहितको एक्सक्लुसिभ प्रसारण अधिकार दिएपछि नेपालमा विदेशी च्यानलले खेल देखाउन पाउने छैनन् । फिफाले आधिकारिकता दिएको नेपाली च्यानलबाट मात्र विश्वकपका खेलहरु हेर्न पाइने छ । नेपालको प्रसारण अधिकार मिडिया हबले खरिद गरेको छ ।

एक्सक्लुसिभ अधिकारका कारण यसपटक नेपालका लागि फुटबल राइट्सको मूल्य अघिल्लोपटक भन्दा ६ गुणा महँगो परेको मिडिया हबका अध्यक्ष सोमप्रसाद धितालले बताउँछन् । धितालका अनुसार योपटक प्रसारण अधिकारका लागि मात्र २५ करोड रुपैयाँभन्दा धेरै तिर्नुपरेको छ । प्राविधिक र अन्य खर्च जोड्दा ४२ करोड रुपैयाँभन्दा धेरै खर्च हुने उनले बताए ।

विश्वकप हेर्न ग्राहकले ५ सय रुपैयाँ तिर्नुपर्ने !

विदेशी च्यानलमा हेर्न नमिल्ने गरी नेपालभित्र एक्सक्लुसिभ अधिकार लिँदा ठूलो लगानी गर्नुपरेका कारण यसपटक ‘पे पर भ्यू’ मोडलमा विश्वकप देखाउन लागिएको धितालले जानकारी दिए ।

अघिल्ला विश्वकपमा विदेशी च्यानलले देखाउँथे, उनीहरुका प्याकेज किन्न नेपालका एमएसओ र केबल वितरकहरुले अर्बौं रुपैयाँ तिर्नु पर्दथ्यो, यसपटक किन विदेशी च्यानललाई दिने, पे मोडलमा हामी आफैं काम गरौं भन्ने लागेर एक्सक्लुसिभ अधिकार लिएका हौं, धितालले भने, यसमा टेलिभिजन सिग्नल वितरक साथीहरुले पनि उत्साह थपिदिनुभएको छ ।

विश्वकपजस्ता ठूला खेल कन्टेन्ट निकै महँगो हुने विज्ञापनबाट मात्र खर्च उठाउन गाह्रो हुने भएकाले पछिल्ला दिनमा सबैजसो मुलुकमा खेलअनुसार पैसा लिने मोडलमा प्रसारण हुन थालेको धिताल बताउँछन् । त्यसो हुँदा विश्वकप हेर्न चाहनेले मात्र सब्सक्राइब गर्ने र हेर्न नचाहनेहरुलाई अतिरिक्त शुल्कको भार नपर्ने उनी बताउँछन् ।

नेपालमा विश्वकप देखाउन चाहने टेलिभिजन सिग्नल वितरक कम्पनीहरुलाई मिडिया हबले आह्वान गरिसकेको छ । जसअनुसार अहिलेसम्म नेट टीभी र भायनेटले विश्वकप प्रसारणका लागि सम्झौता गरिसकेका छन् । डिसहोम, सुबिसु लगायतका एमएसओ र आईपीटीभी सेवा प्रदायकहरुसँग सघन कुराकानी भइरहेको र छिटै सम्झौता हुने धितालले जानकारी दिए ।

सबै एमएसओ र केबललाई साथमा लिएर काम गर्न खोजिरहेका छौं, धितालले भने, नेपाली टेलिभिजन उद्योग र विज्ञापन बजार चलायमान बनाउने यो अवसरलाई सबै मिलेर सफल बनाउँछौं ।

विश्वकप हेर्न चाहने दर्शकले अहिलेदेखि नै आफ्ना केबल वितरक वा सेवा प्रदायकसँग कुरा गरेर ग्राहक बन्न सक्ने मिडिया हबले जनाएको छ ।

सन् १९९८ देखि नेपालमा विश्वकप प्रसारणको अधिकार निरुन्तर रुपमा मिडिया हबले लिँदै आएको छ । यसपटक नयाँ मोडलमा काम गर्नका लागि टेलिभिजन उद्योगका विभिन्न स्टेकहोल्डरसँग सहकार्य गर्न लागिएको धितालले बताए ।अन्लाईन खबर

Post Views: 65

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme