राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं आएका छन् । सभापति लामिछाने काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार पुकार बमको चुनाव प्रचारमा खटिन काठमाडौँ आएका हुुन् ।
बमको सचिवालयका अनुसार सोमबार दिउँसो १ बजे नयाँ बानेश्वर क्षेत्रको प्रचार रवि खटिन लागेका हुन्। ‘भोलि दिउँसो १ बजेदेखि रवि लामिछानेसहित हामी नयाँ बानेश्वरबाट चुनाव प्रचार यात्रामा हुनेछौं,’ गिरीले भने, ‘शनिबार हामीले त्रिपुरेश्वर क्षेत्रमा प्रचार गरेका छौँ।’
‘चुनावी बाचा’ तयार गर्न रवि चितवनबाट काठमाडौं आएका हुन्। उनले दिएको जानकारी अनुसार चुनावी बाचा तयार पारेर उनी फेरि चितवन फर्कनेछन्।
चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका लामिछाने काठमाडौें आएको अवसर पारेर पुकार बमको प्रचारमा खटिने तय भएको गिरीले बताए।
काठमाडौं क्षेत्र नम्बर १ मा आसन्न निर्वाचनको लागि दलगत २१ र स्वतन्त्र ११ गरी ३२ जना प्रतिस्पर्धामा रहेपनि नेपाली कांग्रेस प्रकाशमान सिंह, एमाले किरण पौडेल र राप्रपाका रविन्द्र मिश्रबीच तीब्र प्रतिस्पर्धा हुने देखिन्छ ।
अघिल्लो निर्वाचनमा सिंह र मिश्रबीच मुख्य टक्कर भएको यो क्षेत्रमा यसपटक पौडेल थपिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बम र नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक समेत रहेका सुशासन पार्टीका उम्मेदवार रमेश खरेल स्थापित दलका उम्मेदवारलाई चुनौती बन्ने ख’तरा छ ।