Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

सम्बन्ध विच्छेद गरेको एउटा जोडीको डेढ महिनापछि पुनः विवाह

Posted on October 23, 2022

लमजुङमा डेढ महिनाअघि सम्बन्ध विच्छेद गरेको एउटा जोडीले डेढ महिनापछि पुनः विवाह गर्ने भएको छ । उनीहरुले भोलि जिल्ला अदालत, लमजुङमा कोर्ट म्यारिज गर्न लागेको बताइएको छ ।

यसअघि जिल्ला न्यायाधीश शिवप्रसाद खनालले मात्र होइन स्रेस्तेदार उदयराज काफ्लेलेसमेत बारम्बार यस्तो राम्रो जोडी नछुट्टिन भन्दै आग्रह गरेका थिए । उनीहरुको बेमेलको बारेमा जिल्ला मेलमिलाप केन्द्रमा पनि पटक पटक छलफल गरिएको थियो । तर, उनीहरुले जसरी पनि छुट्टिने भन्दै अड्डी कसेको बताइन्छ ।

त्यतिखेर श्रीमानले हेलाँहोचो गरेपछि खान लाउन आपत परेको जस्ता आरोप श्रीमतीले लगाएकी हुन् । बेसिसहर–११, कार्कीडाँडा माइती भइ दोर्दी–१, अलैंचेका अमृत थापासँग विवाह गरेकी शिला कुतालले कसैको कुरा नसुनेपछि सम्बन्ध विच्छेद भएको थियो ।

गत भदौ पहिलो साता जिल्ला अदालत लमजुङमा सम्बन्ध विच्छेदको निम्ति परेको उजुरीले भदौ २८ गते कानुनी रूपमा मान्यता पाएको थियो । अदालतमा कैयौंको अनुरोधलाई लत्याएर गरिएको सम्बन्ध विच्छेद डेढ महिना पनि नपुग्दै जोडिन लागेको बताइन्छ ।

श्रीमतीले आफूमाथि हेलाँ र कुटपिट गरेको जस्ता आरोप लगाए पनि सम्पत्ति केही नलिई छुट्टिएको उक्त जोडीले हिजो दिउँसो अदालतमा पुगेर कोर्ट म्यारिजको लागि निवेदन दिएका छन् । गर्भवती अवस्थामा सम्बन्ध विच्छेद नहुने कानुनी व्यवस्था हुँदाहुँदै कसरी ‘डिभोर्स’ भयो भन्नेबारे निमित्त स्रेस्तेदार विश्वराज कुँइकेल आफैं चकित भएका थिए । त्यत्रो बबन्डर मच्चाएर छुट्टिभिन्न भएको जोडी फेरि मिल्छौं भनेर अदालतमा गएपछि नाइँनास्ती गर्न पनि भएन । त्यसैले भोलि कार्यालय खुलेपछि मात्रै विधिवत रूपमा ‘कोर्ट म्यारिज’ गरिने कुँइकेलले जानकारी दिएका छन् ।-अञ्जनकुमार/जन आस्था

Post Views: 158

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme