दक्षिण भारतकी चर्चित अभिनेत्री सामन्था अक्किनेनी र नागा चैतन्यले २०१७ मा विवाह गरेका थिए। दुवै दक्षिण भारतीय उद्योगका प्यारा जोडी हुन् ।
अभिनेत्री सामन्थाले सामाजिक सञ्जालमार्फत आफु र चैतन्य अलग भएको जानकारी दिएकी हुन् । यसअघि सामन्था र चैतन्यको वैवाहिक जीवनमा संकट आएको विषय सामाजिक सञ्जाल र मिडियामा चर्चामा रहेको थियो ।
२०१७ अक्टोबरमा वैवाहिक सम्बन्धमा बाधिएका यी जोडीले डिभोर्स गरेपछि धेरै स्तब्ध बने । भने यी दुइको डिभोर्स रकमले पनि चर्चा पायो ।
दुवै पछिल्लो केहि समयदेखि नै अलग अलग बसिरहेका थिए । करिब ७ बर्ष प्रेम सम्बन्धमा समेत रहेका चैतन्य र सामन्थको सम्बन्ध बिग्रिनुमा सामन्थाले पछिल्लो समय फिल्ममा दिएको बोल्ड सिन प्रमुख कारण रहेको बताइएको छ । विवाहपछि पनि सामन्थाले फिल्महरुमा बोल्ड दृश्यहरु खिचिरहेकी छिन्, जुन उनका ससुरा नागार्जुनलाई मन परेन ।
सामन्थाले सम्बन्ध विच्छेदको लागी ५० करोड भारुको माग गरेको खबर पनि बाहिरिएको थियो। तर सामान्थाले भने यो कुरा अस्विकार गरेकी थिइन् ।
आज हामी भारतीय फिल्म इन्डस्ट्रीमा सबैभन्दा महँगो सम्बन्धविच्छेदको बारे चर्चा गर्नेछौँ ।
ऋतिक रोशन र सुजैन खान
ऋतिक र सुजैनको सम्बन्ध विच्छेद भारतको मात्र नभई विश्वकै सबैभन्दा महँगो डिभोर्समध्ये एक मानिन्छ । दुबैको सन् २००० मा बिहे भएको थियो । अरु अफियर चलेका कारण यो जोडीले सम्बन्धविच्छेद गरेका थिए । डिभोर्सपछि सुजैन खानले ४०० करोड रुपैयाँ माग गरेकी थिइन्, जसमा ३८० करोड उनीहरुलाई दिइएको थियो ।
सैफ अली खान र अमृता सिंह
विवाह जस्तै सैफ र अमृताको सम्बन्धविच्छेदले पनि धेरै हेडलाइन बनायो। आफूभन्दा १३ वर्ष जेठी अमृतासँग विवाह गरेको १३ वर्षपछि सैफले उनीबाट अलग हुने निर्णय गरेका थिए । एक कार्यक्रममा सैफले भनेका थिए डिभोर्सको समयमा ५ करोड दिने तय भएको थियो, त्यतिबेला मसँग त्यति पैसा थिएन । मैले २.५ करोड दिएको थिए । त्यसपछि बाँकी रकम किस्तामा तिरे ।
करिश्मा कपुर र सञ्जय कपूर
करिश्मा कपूरको विवाहको ११ वर्षपछि सन् २०१६ मा सञ्जय कपूरसँग सम्बन्धविच्छेद गरेकी थिइन् । सञ्जयसँग सम्बन्ध विच्छेद भएपछि करिश्माले मुम्बईको खार क्षेत्रमा एउटा घर र बच्चाहरुका लागि १४ करोड पाएकी थिइन् । बिजनेसमैन सञ्जयले करिश्मालाई हरेक महिना १० लाख रुपैयाँ तिर्ने गरेका छन् । यो पैसा दुई सन्तानको हेरचाहमा खर्च गर्ने गरेकी छिन् ।
आदित्य चोपडा र पायल खन्ना
आदित्य चोपडाले आफ्नो बचपनको साथी पायल खन्नासँग विवाह गरेका थिए। आदित्यले आफ्नी पत्नी पायलसँग सम्बन्धविच्छेद गर्न ५० करोड रुपैयाँ तिरेका थिए। आदित्यको डिभोर्स पनि भारतको सबैभन्दा महँगा तलाकमध्ये एक बन्यो।