काठमाडौँ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएको नाम हो बबिता बानिया जेरी र शंकर छेत्रीको जोडी । तर यो जोडीले लगनगाँठो कसेको पुग नपुग ३ वर्ष नबित्दै उनीहरु डिर्भोसको संघारमा पुगेका छन् । ५ वर्ष लामो प्रेम सम्बन्धलाई विबाहमा परिणत गरेको यो जोडीकी एक छोरी पनि छिन् ।
लोक दोहोरीको क्षेत्रमा उदाहरणीय नाम अहिले छुट्टिदैछ । अहिले बबिता र शंकरले सम्बन्ध बिच्छेदका लागि काठमाडौँ जिल्ला अदालत धाइरहेको दृश्य समेत बाहिरिएको छ । कुनै समय सँगै मर्ने सँगै बाँच्ने भनेर एक भएको यो दृश्यले उनीहरुका फ्यानको मन चुँडिन सक्छ ।
अदालतबाट बाहिरिँदा गायिका जेरी निकै निराश देखिएकी थिइन् । उनीहरु बिहिबार सम्बन्ध बिच्छेदका लागि काठमाडोँ जिल्ला अदालत पुगेको भएता पनि निवेदनको ढाँचा नमिलेको भन्दै बिहिबार उनीहरु फर्किएका थिए । पाँच वर्ष लामो प्रेम सम्बन्धलाई दुई वर्षअघि प्रेम विवाह परिणत गरेका यी जोडीले आपसी सहमतीमा सम्बन्ध टुङ्ग्याउने भएका छन् ।
यस विषयमा बबिताले आधिकारिक रुपमा केही नबताए पनि बबिताले अदालत गएको दिन केही प्राविधिक कारणले काम नसकिएको भन्दै फेरी अर्को दिन जानुपर्ने भएको बताएकी थिइन् । उनी अर्थात जेरीको अनुहारमा कालो बादल मडारिरहेको उनको मलिन अनुहारले नै बताइरहेको थियो ।
सामाजिक संजाल गयिका जेरीले आफ्नो फेसबुकमा ‘Feeling empty at ktm district court’ स्टाटस लेखेकी छिन् । यता, शंकर क्षेत्रीले पनि वियोगान्त टिकटक भिडियो शेयर गर्दै लेखेका छन्- ‘मनमा जे छ कसलाई के भनेर के हुदो रैछ र’ भनेर पोस्ट गरेका छन् । हेर्नुहोस् यो भिडियो