काठमाडौँ — नाबालिग ब-लात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई १२ वर्षसम्म कैद सजाय माग दाबीसहित प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ ।
प्रहरी वृत्त गौशालाले जाहेरी परेको करिब डेढ महिनापछि आइतबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउँदै आरोपित लामिछानेलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २ सय १९ बमोजिम १० देखि १२ वर्षसम्म कैद र पीडितलाई ‘यथोचित क्षतिपूर्ति’ भराउन मागदाबी गरेको हो ।
अनुसन्धानका आधारमा पीडितको उमेर नाबालिग रहेको खुलेको भन्दै प्रहरीले आरोपितलाई सोहीअनुसार कारबाही हुनुपर्ने निष्कर्ष निकालेको छ । अब प्रहरी प्रतिवेदन अध्ययन गरेर सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायरबारे निर्णय लिनेछ ।
बला-त्कार अभियोगमा मुद्दा दायर भए लामिछानेको खेल जीवनको अध्याय नै अनिश्चित बन्नेछ । नेपाली टोलीका कप्तान मात्र होइन, लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल), बिगबास लिगजस्ता फ्रेन्चाइज प्रतियोगिता खेलेर छोटो समयमै ‘ग्लोबल स्टार’ को छवि बनाएका थिए ।
जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिसकेको छ । अदालतले यही कात्तिक ६ गतेदेखि लागू हुने गरी म्याद थप गरेको हो ।
अदालतले लामिछानेलाई हिरासतमा राख्नका अनुमति दिएको यो चौथो पटक हो । प्रहरीले लामिछानेविरुद्धको अनुसन्धान सकेर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेस गरेको छ ।
तिहार पर्वको बिदा परेका कारण अदालतमा मुद्दा दर्ता भने भएको छैन । लामिछानेलाई नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले गत असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो ।
हिरासतमा दुब्लाए सन्दीप, कसैसँग बोल्दैनन्
निलम्बित क्रिकेटर सन्दीप लामिछाने गौशाला हिरासतमा आफ्ना दिन काटिरहेका छन् । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने त्यहाँका कैदी बन्दीहरुसँग मात्रै होइन, बाहिरबाट जाने आफन्तहरुसँग पनि त्यति बोल्दैनन् ।
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार गौशालाकै हिरासत कक्षमा रहेका उनी अहिले दुब्ल्याउँदै गएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूमाथिको आरोप अस्वीकार गर्दै आए पनि उनले आँफुहरु एउटै कोठाभित्र रात कटाएको भने स्विकारेका छन् ।
राति ति आरोपित किशोरी खाटमा सुतेको र आफु सोफामा ढल्किएर रात कटाएको सन्दीपको दावी छ । यद्यपि, किशोरीले भने सोही रात आफू सन्दीपबाट दुई पटक बलात्कृत भएको आरोप लगाएकी छिन् ।