Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

लक्ष्मी पुजाको दिन यी १० काम गर्नै हुँदैन

Posted on October 24, 2022

काठमाडौं । कात्तिकको औंशीको रातमा तिहार पर्व मनाइने गरिन्छ । यो वर्ष तिहारको लक्ष्मी पुजा कात्तिक ७ गते सोमबार अर्थात् आज परेको छ । यस दिन धनकी देवी लक्ष्मीको पुजा हुने गर्छ । यो पनि मान्यता छ कि, यस दिन देवी लक्ष्मीको पूजा गर्नाले वर्षभरी घरमा सुख समृद्धि रहिरहने छ ।

यस्तै यो दिन हामीले केही कुराहरुको ख्याल पनि राख्नु पर्छ । हामीले भुलेर पनि त्यस्तो नगरौं, जसले देवी लक्ष्मी रिसाउन् । के कस्तो काम गर्नाले लक्ष्मी रिसाउछिन् ? यो जान्नको लागि तलको कुरा पढ्नुहोस् ।

१. कसैलाई खाली हात नफर्काउनुस् : तिहारको समयमा भिखारी वा अन्य देउसी भैलो खेल्न आएका मानिसहरुलाई खाली फर्काउनु हुन्न । उनीहरुलाई केही न केही अवश्य दिएर पठाउनु होला ।२. लक्ष्मी पुजाको रात नसुत्नु : लक्ष्मी पुजाको रात नसुत्नुस् । बरु रातभर जाग्राम बसेर देवी लक्ष्मीको मन्त्रलाई विधि विधानसँग जाप गर्नुहोस् ।

३. ननुहाई फुल नटिप्नुस् : ननुहाइ पुजाको लागि फूल नटिप्नुहोस् । नुहाएर मात्र पुजाको लागि फूल टिप्नुस् । ननुहाइ टिपेको फूलले पुजा नगर्नुस् ।४. मादकपदार्थ नपिउनुस् : लक्ष्मी पुजाको रात कुनै प्रकारको मादक पदार्थ नपिउनुहोस् ।

५. कसैसँग झगडा नगर्नुस् : लक्ष्मी पुजाको दिन केही मानिसहरु हरेक कुरामा झगडा गर्ने गर्छन् । तर, लक्ष्मी पुजाको दिन कसैसँग पनि वादविवाद नर्गुस् । मनलाई शान्त राख्नुस् ।६. आफुभन्दा ठूलोलाई नराम्रो नभन्नु : लक्ष्मी पुजाको दिन आफुभन्दा ठूलोको अपमान हुने काम नगर्नुस् । बरु पुजा गरेपछि सबैलाई दर्शन गरी आशिर्वाद लिनुहोस् ।

७. बासी फूल नचढाउनुुस् : लक्ष्मी पूजाको दिन देवी लक्ष्मीलाई बासी फूल नचढाउनुस् । देवी लक्ष्मीको पूजा गर्दा भखरै टिपेको ताजाफूलको प्रयोग गर्नुस् ।८. जुवा नखेल्नुहोस् : लक्ष्मी पूजाको दिन प्रायः मानिसहरु जुवा खेल्ने गर्छन् । देवी लक्ष्मीको कृपा पाउन चाहनुहुन्छ भने जुवा खेल्ने काम पनि नगर्नुस् ।

९. स्त्रीसँग सम्बन्ध नबनाउँनुस् : लक्ष्मी पुजाको रात आफ्नो पत्नी या कुनै परस्त्रीसँग सम्बन्ध नबनाउनुस् ।१०. भेदभाव नगर्नुस् : लक्ष्मी पूजाको दिन उपहार दिँदा सबैलाई बराबर दिनुहोस् । भेदभाव गर्नाले देवी लक्ष्मी रिसाउन सक्छिन् ।

Post Views: 19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme