काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र पूर्व युवराज्ञी हिमानी शाहबीच भेटवार्ता भएको छ । पूर्व युवराज्ञी हिमानीले बालेन शाहलाई भेट दिएकी हुन् ।
सिस्नुपानी नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा सहभागी गएकी शाहले बालेन्द्रलाई दर्शन भेट दिएकी हुुन् । बालेन्द्र र हिमानी दुवै जनाले सामूूहिक फोटो सामाजिक सञ्जालमा राखेपछि अहिले पक्ष र बिपक्षमा तर्क बितर्क भइरहेको छन ।
क्याप्सन समेत नराखी पोष्ट गरिएको फोटोका कारण कतिपयले यसलाई राजनीतिक रुपमा अथ्र्याएका छन्। महानगर प्रमुख बालेनले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक फोटो सार्वजनिक गर्दै भेटवार्ता भएको जानकारी दिएका हुन् ।
हिमानीसँगको फोटो फेसबुकमा राखेका बालेनले भेटवार्ताको विषयमा केही खुलाएका छैनन् । हिमानीले पनि आफ्नो फेसबुुक खातामा बालेनसँगको भेटको फोटो राखेकी छिन् ।
तस्बिरमा अलिकति हँसिलो मुद्रामा दुुवै जना गम्भी’र देखिएका छन् । यसबाट पनि उनीहरुबीच अर्थपूूर्ण कुुराकानी भएको अड्कलबाजी भइरहेको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले तिहारको अवसरमा‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रम गरेको हो । प्रज्ञा भवनमा शनिबार समसामयिक राजनीति, बढ्दो भ्र’ष्टाचार तथा सामाजिक विसं’गतिवि’रुद्ध व्यंग्यात्मक प्रस्तुति र विभिन्न सांगीतिक कार्यक्रम गरिएको छ ।
देउसी, भैलो कार्यक्रममा चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल, चक्र दुवाडीलगायतले व्यंग्यात्मक प्रस्तुति दिए भने कवि अर्जुन पराजुलीले विभिन्न आधा दर्जन कविता वाचन गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, विभागीय मन्त्रीहरू, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, विभिन्न राजनीतिक दलका नेता, काठमाडौं तथा ललितपुर महानगरका प्रमुख, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुखलगायत सहभागी थिए ।