Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

भोली सूर्यग्रहण लाग्दै के खाने के नखाने ?

Posted on October 24, 2022

भोलि ८ गते मङ्गलवार तदनुसार २५ अक्टोबर दिन ‘खण्डग्रास सूर्यग्रहण’ लाग्ने भएको छ ।

नेपाली समय अनुसार ८ गते मङ्गलवार दिउँसोको ४ बजेर ५२ मिनेटमा स्पर्श हुने र साँझ ५ बजेर २४ मा सूर्यास्त सँगै ग्रहणको सुतक काल समापन हुनेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ बजेर २४ मिनेटमा सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने उनले सुनाए । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी साढे सात बजे छाड्ने छ ।

शास्त्रको अनुसार ग्रहणको समयमा खाना र पेय पदार्थहरूमा सूक्ष्म जीवहरू प्रवेश गर्छन्। त्यसैले सुतक लगाउनुअघि खाना, पानी, दूध, दही, तेल, अचार, चटनी आदिमा कुश वा तुलसीको पात राख्नुपर्छ। कुशमा सबै ब्याक्टेरिया जम्मा हुन्छन्, ग्रहण सकिएपछि त्यो कुश निकालेर फाल्नु पर्छ । तुलसीमा ब्याक्टेरियासँग लड्ने र मार्ने अद्भुत क्षमता छ। तुलसीको प्रभावले खाना र पेय पदार्थ प्रदूषणबाट मुक्त रहन्छ।

शास्त्र अनुसार सूर्यग्रहणमा ४ प्रहर अर्थात् १२ घण्टा पूर्व सूतक प्रारम्भ हुन्छ । त्यसैले कात्तिक ८ गते बिहान ४:५२ देखि नै बालक, वृद्धा, रोगी तथा गर्भवती महिलाहरू बाहेक अरू सबै विवेकशील प्राणीहरूलाई भोजन निषेध गरिएको छ । ग्रहणको समयमा भोजन निषेध हुनुका साथै पकाउने, भुट्ने, बनाउने, काट्ने, बिभिन्न औजारको प्रयोग गर्ने, भूमि खनन गर्ने, महत्त्वपूर्ण मिटिङ गर्ने, शुभ कार्यको प्रारम्भ गर्ने, मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण कागजातहरू आदिमा हस्ताक्षर गर्ने कार्य पूर्णरुपमा निषेध हुन्छ ।

ग्रहणको समयमा गर्भवती महिलाले घरबाट बाहिर निस्कनु हुँदैन, यसले बच्चामा नराम्रो प्रभाव पार्न सक्छ। सूर्यग्रहण खाली आँखाले नहेर्नुहोस्, ग्रहणको समयमा निस्कने पराबैंगनी किरणले आँखाको ज्योति घटाउन सक्छ, आँखा जलाउन सक्छ ।

ग्रहणको समयमा सूर्य मन्त्रको जप गर्नुपर्छ। हनुमान चालिसा, बजरंग बान, हनुमान जीको मन्त्र जप गर्नुपर्छ। ग्रहण लागेपछि नुहाएर आफ्नो क्षमता अनुसार भोजन, फलफूल, कपडा आदि दान गर्नुपर्छ । दान गर्नु पर्ने वस्तुको ग्रहणको मध्यमा समाधान गर्नुपर्छ । जसको कुण्डलीमा सूर्यग्रहण अर्थात् राहु, केतु वा शनि सूर्यको साथमा बसेका छन्, उनीहरूले सूर्यलाई तामाका भाँडा, गहुँ आदि दान गर्नुपर्छ ।

Post Views: 82

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme