Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

कोरियामा आफ्नै साथिले चक्कु प्रहार गरेर मारे, नेपालमा परिवारको विचल्ली

Posted on September 20, 2022

काठमाडौं । धन कमाउँन विदेशी भूमिमा संघर्षरत नेपालीको आफ्नै साथीबाट इहलीला अन्त्य भएको छ । राती सुतीरहेको समयमा आफ्नै साथिले चक्कु प्रहार गरेर साथिकै हत्या गरेका छन् ।

थुप्रै सपना बोकेर कोरिया पुगेका नुवाकोटका प्रकाश बिक माथि चक्कु प्रहार भएको हो । उनी आफ्ना मात्र हैन घर परिवारका धेरै सपनाहरु पूरा गर्ने र घर परिवारको आर्थिक स्थितीमा सहजता ल्याउँनका लागि कोरिया गएकोे भर्खर ६ महिना पुगेको थियो ।

मृतक प्रकाशससँगै बस्ने एउटै कम्पनीमा काम गर्ने नेपाली साथि हत्यारा राजेन्द्र बुढाथोकीले राति सुतिरहेको अवस्थामा घाँटिमा चक्कु प्रहार गरेर रगताम्य बनाएर हत्या गरेका हुन् । मृतकको शव १५ दिन पश्चात् नेपाल आइपुगेको छ ।

एउटा जवान छोरा जसले परिवारका हरेक चाहना पूरा गर्ने बाचा कसम खाएर आफ्नो र परिवारको भविष्य बनाउन कोरिया गएको छोरा मृत अवस्थामा बाकसमा फर्किएपछि अहिले बाबु आमा होसमा आउँन सकेका छैनन् ।

हत्यारालाई कडा कारबाही हुनु पर्ने मृतकका बुबाले माग गरेका छन् । मृतक बिकका बाबुका अनुसार धेरै ऋण गरेर आफूले खाई नखाई हुर्काएका थिए । कोरिया पठाउँनका लागि ५–६ लाख ऋण खोजेर पठाएका थिए । त्यो ऋण अब आफ्नै थाप्लामा थपियो । नेपाल राष्ट्र बैंकमा नाम निकालेका मृतक प्रकाश निकै सोझा र मिहेनती थिए ।

मृतक प्रकाशका आफन्तहरुका अनुसार यो त सोच्नै नसकेको घट्ना भएको छ । यो घटनाले हामीलाई निकै दुखी बनाएको छ उनीहरु बताउँछन् । आफन्तले हत्याराको घर ताप्लेजुङमा रहेको र हत्यारा राजेन्द्र बुढाथोकी कोरिया गएको भर्खर ३ हप्ता मात्र भएको खुलाएका हुन् ।

अहिले हत्यारा राजेन्द्रलाई कोरिया प्रहरीले जेलमा राखेर अनुशन्धान गरिरहेको छ । मृतकको आत्मसन्तुष्टी र हामीहरु बाँच्नेहरुको सन्तुष्टीका लागि पनि त्यस्ता हत्याराहरुलाई कडा कारबाही हुनु पर्ने आफन्त र स्थानीयले माग गरेका छन् ।

मृतक प्रकाशको हत्या भदौ १५ गते सुतिरहेको अवस्थामा भएको थियो । मृतक प्रकाश र हत्यारा राजेन्द्र बुढाथोकीसँगै एउटै प्लाष्टिक कम्पनीमा काम गर्दै आएका थिए । उक्त कम्पनीले हत्यारा राजेन्द्रलाइै काम नदिएको ४–५ दिन भएको थियो ।

हत्याराले सो दिन बिदा भएकाले जाँड रक्सी जस्ता लागुपर्दाथको सेवन गर्ने गरेको अर्को कोठामा रहेका नेपालीहरुले आफन्तहरुलाई जानकारी दिएका छन् । उनीहरुका अनुसार सोहि रात ठुलो आवाज आएको र के भयो भनेर मृतक र हत्याराको कोठामा जाँदा प्रकाशको मृत्यु भइसकेको नजिकै बस्ने अर्का एक नेपालीले बताए ।

Post Views: 57

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme