काठमाडौ । नेपाल जस्तो देशमा नियोजित कम र अप्रत्यासित गर्भ बढि रहन्छ । बिना योजना वा भनौ नचाहादा–नचाहादै रहेको गर्भले दम्पतिमा तनाव पैदा गर्छ ।
यो तनाव अब घरेलु विधिबाटै घरमै बसेर हल गर्न सकिन्छ । फेरी ग्रामिण भेगमा नचाहाँदा नचाहाँदै बसेको गर्व थाहा पाउन घण्टौ या दिन खर्च गरेर सहरमा आउनुपर्छ तर गाँउमा तपाईआफुसँग भएको घरेलु समानबाटै गर्भको परिक्षण गर्न सक्नुहुन्छ । न चाहिन्छ चिकित्सक न चाहिन्छ कुनै किट ।
असुरक्षित यौनसम्पर्क भएको २४ घन्टा पछि नै घरेलु विधिबाट गर्भ रहेको नरहेको थाहा पाउने भएपछि पक्कै पनि यसले तनाव कम गर्ने छ ।
नियोजित रुपमा गर्भधारण गर्न खोजिएपनि भएपनि गर्भ रहेको नरहेको कुरामा दम्पतीमा कौतुहलता हुन्छ । त्यो कौतुहलता पनि अब सजिलै मेटिने छ ।
त्यसो त बजारमा प्रेग्नेन्सी टेस्ट किट तथा केहि उपकरण उपलब्ध छ, गर्भ रहे-नरहेको जााच्न । यद्यपी कतिपय महिला प्रेग्नेन्सी टेस्ट गर्न लाज मान्छन् । तिनै महिलाको लागि घरेलु विधि अझै उपयोगी हुनसक्छ ।
यस्तो छ घरेलु विधि
जो कोहिको घरमा चिनी हुन्छ र टुथपेस्ट पनि । हाम्रो दैनिक प्रयोगमा आउने चिज हुन् यि । अब त्यही टुथपेस्ट एवं चिनीबाट आफ्नो गर्भ रहेरनरहेको थाहा पाउनुहोस् ।
सबैभन्दा पहिला डिस्पोजल एवं प्रयोग गरिसकेपछि फ्याक्न मिल्ने कुनै चिजमा टुथपेस्ट राख्नुहोस् । त्यसमा केहि मात्रामा आफ्नो पिसाब मिसाइदिनुहोस् ।
केहि समयपछि हेर्नुहोस्, यदि टुथपेस्ट मैला जस्तो वा हल्का नीलो रंगको हुन सक्छ । यसको अर्थ हो, नतिजा सकारात्मक आयो । अर्थात तपाई गर्भवती हुनुभयो । यस्तो प्रयोग भने तपाई बिहान उठ्नसाथ गर्नुपर्ने हुन्छ ।
चिनीबाट पनि यहि विधी अपनाएर गर्भ रहेरनरहेको परीक्षण गर्न सकिन्छ । चिनीमा थोरै पिसाब मिसाइदिने । केहि समयपछि चिनी घुलिनुको साटो डल्ला पर्न सक्छ ।
यदि त्यस्तो भयो भने तपाईमा गर्भ रहेको भनेर बुझ्न सकिन्छ । यदि चिनी र पिसाब आपसमा घुल्छ भने तपाईमा गर्भ रहेको छैन । घरमा साबुनबाट पनि तपाई प्रेग्नेन्सी टेस्ट गर्न सक्नुहुन्छ । यसका लागि साबुन र पिसाब कुनै डिस्पोजलमा मिसाउनुपर्छ । केहि समयपछि साबुनमा स–सना फोकाहरु बन्यो भने तपाई गर्भवती हुनुभयो ।
गर्भ राख्न कुन समय उपयुक्त
विवाह भएको केही महिनामै साथीसँगी तथा आफन्तजनको प्रश्न आइरिन थाल्छन्, खुसीको खबर कहिले सुन्न पाइन्छ ? उता दम्पतीको ताक अर्कै हुन्छ ।
पहिले करिअर निर्माण अनि मात्र फेमेली प्लानिङ । हिजोआजका विवाहित जोडीहरू योजना बनाएर मात्र शिशुलाई धर्तीमा पदार्पण गराउँछन् ।
उनीहरूबीच यति महिनापछि, यति वर्षपछि मात्र सन्तान ट्राइ गर्ने भनेर योजना बनेको हुन्छ । यद्यपि गर्भवती हुन सोचेजस्तो सहज नहुनसक्छ ।
कसैलाई एउटै प्रयासमा गर्भ रहनसक्छ भने कसैलाई महिनौं प्रयास गर्नुपर्ने हुन्छ । गर्भवती हुनका सेक्स गर्नु जति जरुरी छ उति नै कसरी र कहिले सेक्स गर्दा गर्भ रहन्छ भन्ने कुराको जानकारी हुनु आवश्यक छ । यी कुरालाई बेवास्ता गर्दा गर्भ नरहनसक्छ ।
धेरैजसो दम्पतीलाई गर्भ रहनका लागि कुन समय सेक्स गर्नुपर्छ भन्ने जानकारी नभएको पाइयो । सेक्सको समय सही भयो भने गर्भ बस्न कठिनाइ हुँदैन । गर्भ धारणका लागि कति पटक र कसरी सेक्स गर्ने भन्ने जानकारी भयो भने महिनौं कोसिस गर्नु पर्दैन ।
आफ्नो योजनाअनुरूप सहजै गर्भधारण गर्न सकिन्छ । दम्पतीलाई यस्तो कुराको जानकारी नभएको स्थितिमा समस्या समेत सिर्जना हुनसक्छ । उसो भए गर्भधारणका लागि कुन बेला, कति पटक र कसरी सेक्स गर्ने त ? जब पुरुष प्रजनन कोष ‘शुक्रकीट’ को महिलाको गर्भाशयमा अवस्थित अण्डसँग मेल भएर त्यसलाई फर्टिलाइज गर्छ तब मात्र कुनै पनि महिला गर्भवती हुन्छिन् ।
कति पटक राख्ने सम्बन्ध ?
एउटा पेरेन्टिङ वेबसाइटले १ हजार १ सय ९४ दम्पतिमाथि अध्ययन गरेको थियो । उक्त अध्ययन सन्तान चाहने दम्पतिमाथि गरिएको थियो । अध्ययनमा उनीहरूले गर्भधारणका लागि कति पटक सेक्स गरेका थिए भन्ने कुरा जान्न प्रयास गरिएको थियो । उक्त अध्ययनका अनुसार आमाबाबु बन्न चाहने ती दम्पतीलाई औसतमा ७८ पटक सेक्स गर्दा सफलता हात लागेको थियो । यो क्रम औसत छ महिना चलेको थियो भने उनीहरूले एक महिनामा औसत १३ पटक सेक्स गरेका थिए ।
गर्भधारणका लागि कुन आसन राम्रो ?
कतिपय मानिसमा के विश्वास छ भने गर्भधारण आसनमा पनि निर्भर हुन्छ । यसका लागि लगभग तीन चौथाइ मानिस मिसनरी पोजिसन (महिला तल र पुरुष माथि सुतेर गरिने यौन आसन) लाई उपयुक्त माने भने ३६ प्रतिशत जोडीले डगी स्टाइल पछ्याए ।
विशेषज्ञहरूका अनुसार महिनावारी (डिम्ब निष्कासनको समय० थाहा पाउनु र डिम्ब निष्कासनको पाँच दिनअघि तथा त्यसै दिन सेक्स गर्दा गर्भ रहने सम्भावना बढी हुन्छ ।
डिम्ब निष्कासन के हो ?
डिम्ब निष्कासनले कुनै पनि महिलाको महिनावारीमा महत्वपूर्ण भूमिका खेल्छ । यो त्यही प्रक्रिया हो जसअन्तर्गत परिपक्व डिम्ब डिम्बाशयबाट निस्किएर फर्टिलाइज हुनका लागि तयार रहन्छ । डिम्ब निष्कासन प्रक्रियामा निस्किएको डिम्ब १२ देखि २४ घन्टासम्म फर्टिजाइज हुनसक्छ ।
सेक्सका क्रममा प्रवेश गरेको पुरुष शुक्रकीट महिला प्रजनन प्रणालीमा ५ दिनसम्म पनि रहन सक्छ ।गर्भ रहने बढी सम्भावना तब रहन्छ जव डिम्ब निष्कासनका बेला शुक्रकीट फेलोपियन ट्युबमा पहिल्यैदेखि मौजुद रहेको हुन्छ ।
महिनावारी नियमित छ भने डिम्ब निष्कासन सामान्यतः अर्को महिनावारी सुरु हुनुभन्दा १४ दिन पहिल्यै हुन्छ । त्यसैगरी अधिकांश महिलामा डिम्ब निष्कासन महिनावारीको मध्यविन्दुभन्दा ४ दिन पहिले वा पछि हुनसक्छ ।
क्यालेन्डरको सहारा
धेरै महिलामा महिनावारी चक्र ठीक २८ दिनमै हुँदैन । यस्तो छ भने महिलाहरूले महिनावारीको क्यालेन्डर बनाएर महिनावारी चक्रको लम्बाइ एवं मध्यविन्दुको अनुमान लगाउन सक्छन् ।
भेजाइनल सेक्रेसन
महिनावारी चक्रको क्यालेन्डरका अतिरिक्त डिम्ब निष्कासन समय अनुमान लगाउने अन्य तरिका पनि छन् । तीमध्ये एउटा भेजाइनल सेक्रेसनमा ध्यान दिनु पनि हो । डिम्ब निष्कासनअघि भेजाइनल सेक्रेसन सफा, ओसिलो एवं लचिलो हुन्छ । डिम्ब निष्कासनपछि तुरुन्तै सर्वाइकल म्युकस कम हुन्छ र यो बाक्लो, मधुरो तथा लगभग अदृश्यजस्तै हुनपुग्छ ।
तापक्रममा फरक
शरीरको बेसिक तापक्रम (आरामको अवस्थामा शरीरको तापक्रम) मा ध्यान दिएर पनि डिम्ब निष्कासन समयको अनुमान गर्न सकिन्छ । यसका लागि हरेक बिहान ओछ्यान छाड्नुअघि शरीरको तापक्रम जाँच्न सकिन्छ । तापक्रममा वृद्धि हुनुभन्दा २–३ दिनअघि कुनै पनि महिला गर्भवती हुने सम्भावना बढी हुन्छ । जसरी बजारमा प्रेगनेन्सी टेस्ट किट बजारमा सहज रूपमा उपलब्ध छ त्यसरी नै ओभुलेसन (डिम्ब निष्कासन) डिटेक्सन टेस्ट किट पनि सहजै पाइन्छ । यसबाट डिम्ब निष्कासन भएनभएको थाहा पाउन सकिन्छ ।
उपयुक्त तौल
विशेषज्ञहरूका अनुसार सामान्यभन्दा बढी तथा कम तौल भएका महलिाहरूमा ओभुलेसन डिसअर्डरको खतरा बढी हुन्छ । तसर्थ गर्भधारण गर्न चाहने महिलाले तौल नियन्त्रण राख्नु आवश्यक छ । माथि उल्लेखित कुराहरूमा गौर गर्दा मोटामोटी कुरा प्रस्ट हुन सकिन्छ तापनि असामान्य अवस्थामा गर्भधारणका लागि ठोस कदम चाल्नुअघि चिकित्सकको सल्लाह लिनु आवश्यक छ ।