अष्ट्रेलिया । अष्ट्रेलिया एक जनाले बहुमूल्य रत्न नीलमणी फेला पारेका छन्। साँझको समयमा हिँडिरहेका एक व्यक्तिले बहुमूल्य रत्न फेला पारेका हुन्।
उनले फेला पारेको रत्न अष्ट्रेलियामा फेला परेकोमध्ये अहिलेसम्म कै सबैभन्दा ठूलो भएको बताइएको छ।म्याट बेटरिजले आफ्नो घर नजिकै क्वीन्सल्याण्डको जेमफिल्ड्सको रुबिभेल नजिकैको जमिनमा ८३४ क्यारेटको अस्ट्रेलियन नीलमणि भेट्टाएको अष्ट्रेलियन मिडियाहरूले उल्लेख गरेका छन्।
टरिजले सोमबार बिहान टुडे शोलाई उनको परिवार उनले भेट्टाएको मणी देखेपछि अचम्मित भएको बताएका छन्। बेटेरिजले त्यो क्षणलाई टिकटक भिडियोमार्फत शेयर गरेका छन्।
उनले टिकटकमा फलोअर्सलाई उक्त मणी १२ हजार डलरभन्दा बढीको मूल्यको बताएका छन्। पछिल्लो समय भारी वर्षाका कारण माथिको माटो
बगेकाले विभिन्न रत्नहरू फेला पर्ने अनुमानका साथ खोजकर्ताहरू लागि परिरहेका छन्। यस क्षेत्रलाई विश्वको सबैभन्दा ठूलो नीलमणि हुने क्षेत्रहरू मध्ये एक मानिन्छ।