Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

भारत छाडेर भाग्न खोजिन अभिनेत्री ज्याकलिन, कारण यस्तो

Posted on October 25, 2022

एजेन्सी । भारतीय अभिनेत्री ज्याकलिन फर्नान्डिज भारत छाडेर भाग्ने कोसिस गरेको प्रवर्तन निर्देशनालय ९ईडी०ले खुलसा गरेको छ ।महाठग सुकेश चन्द्रशेखरको २ यस करोड ठगी मुद्दामा पक्राउ परेकी ज्याकलिनको जमानतमा ईडीले विरोध गरेको छ । अक्टोबर २२ शनिबारको दिन ज्याकलिनको अदालतमा पेसी थियो ।

दिल्लीको पटियाला हाउस अदालतले उनलाई दिएको अन्तरिम जमानतलाई बढाएर १० नोभेम्बरसम्म पुर्‍याइदिएको छ । मुद्रा अपचलन मुद्दाको अनुसन्धान गरिरहेको ईडीले ज्याकलिनको जमानतको विरोध गर्दै ज्याकलिन देश छोड्न खोजेको खुलासा गरेको छ ।

ईडीले अदालतमा दिएको जवाफमा ज्याकलिनले अनुसन्धानका लागि कहिल्यै सहयोग नगरेको र प्रमाण लुकाउन भूमिका खेलेको आरोप लगाउनुका साथै उनी देश छाडेर भाग्ने कोसिसमा रहेको समेत ईडीको दाबी छ ।ज्याकलिनमाथि सुकेशबाट ७ करोड भारतीय रुपैयाँभन्दा बढीको गहना उपहार लिएको आरोप छ ।

साथै ज्याकलिन सुकेशसँगको प्रेम सम्बन्धमा पनि रहेकी थिइन् । करोडौँ ठगी गरेको आरोप लागेका सुकेशबाट मूल्यवान उपहार लिएको भन्दै ज्याकलिनविरुद्ध मुद्दा दर्ता भएको थियो।राजधानि दैनिकमा खबर छ ।

तर, ठगीको आरोपमा दिल्लीको मन्डोली जेलमा रहेका सुकेशले भने यो मुद्दामा ज्याकलिन निर्दोष रहेको दाबी गरेका छन् । कारागारबाट आफ्ना वकिललाई लेखेको पत्रमा उनले ज्याकलिनलाई महंगा उपहार र कार प्रेम सम्बन्धमा रहेको नाताले दिएको दाबी गरेका छन् ।यस मुद्दाको अर्को सुनुवाई नोभेम्बर १० मा हुने छ।

Post Views: 146

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme