Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

सूर्यग्रहण लाग्दैः तुला राशिले हेर्नै नहुने

Posted on October 25, 2022

काठमाडौं : कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ।

ग्रहण मंगलवार दिउँसो ४ बजेर ५३ मिनेटमा स्पर्श भइ ५ बजेर २६ मिनेटमा अन्त्य हुने ज्योतिषीहरूले बताएका छन्। खण्डग्रास सूर्यग्रहण नेपालको पूर्वी भेग भन्दा पश्चिमी क्षेत्रबाट राम्रोसँग देखिने खगोलविद् एवं वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा. जयन्त आचार्यले बताए। उनले यो सूर्यग्रहण नेपालमा भन्दा युरोपबाट राम्रोसँग देखिने बताए। ग्रहण जम्मा ३३ मिनेटको रहेकाले ग्रहण शुरु हुनुभन्दा ४ घण्टा अघिबाट खानेकुरा खान छोड्नुपर्ने बताए।

ग्रहण वृष, सिंह, धनु, मकर राशिलाई राम्रो रहेको बताए। वृष राशिका मानिसले आजको ग्रहण हेर्दा सुख प्राप्ती हुने, सिंहलाई धन लाभ, धनु राशिलाई लाभ र मकर राशिलाई सुख प्राप्ति हुने योग रहेको उनले उल्लेख गरे। खगोलविद् डा. आचार्यले मेष राशिलाई स्त्री पीडा, मिथुन राशिलाई चिन्ता, कर्कट राशिलाई व्यथा, कन्या राशिलाई क्षति, तुला राशिको लागि घात, वृश्चिकलाई धन क्षय, कुम्भ राशिलाई मान, इज्जत जाने भनिएको छ,मीन राशिलाई कष्ट हुने बताए।

‘सूर्य ग्रहण धेरै युरोपबाट राम्रोसँग देखिन्छ। यो ३३ मिनेटसम्मको छोटो समयको लागि छ। यो ग्रहण वृष, सिंह, धनु, मकर राशिलाई राम्रो छ। अरु राशि भएकाले हेर्नु हुँदैन। धर्मशास्त्रलाई मान्ने हो भने सुतक १२ घण्टा अघिबाट खानु हुँदैन। तर छोटो समयको लागि सानो ग्रहण भएकाले मध्यान्हकालदेखि निषेध गरिएको छ। यो वृद्धवृद्धाहरूको लागि छुट छ। सूर्यास्त भइसकेपछि खान सकिन्छ’, उनले भने, ‘ यसको स्नान शुरु हुँदा, मध्यान्ह र अन्त्यमा स्नान गर्दा राम्रो हुन्छ। मेष राशिलाई स्त्री पीडा, मिथुन राशिलाई चिन्ता, कर्कट राशिलाई व्यथा, कन्या राशिलाई क्षति हुन्छ। तुला राशिको लाग घात भनेको मृत्यु नै हुनसक्छ। यो ग्रहण तुला राशिमा लाग्ने भएकाले तुला राशिका मानिसलाई हेर्नै हुँदैन। वृश्चिकलाई धन क्षय, कुम्भ राशिलाई मान, इज्जत जाने भनिएको छ,मीन राशिलाई कष्ट हुन्छ भनिएको छ।’

त्यस्तै वृष राशिका मानिसले हेर्दा सुख, सिंहलाई धन लाभ, धनु राशिलाई लाभ र मकर राशिलाई सुख प्राप्ति हुने देखिएको छ। ‘खगोल शास्त्रको अध्ययन नेपालमा एकेडेमिक स्तरमा पुगिसकेको छैन। जनमानसमा सुसूचित गर्ने काम भइरहेको छ। अहिले टेलिस्कोपहरू धेरै भित्रिदै छन्। अब खगोल विज्ञानको अध्ययन गर्न चाहिने टेलिस्कोप नै हो। त्यसैले बिस्तारै भित्रिदै गरेकाले अन्तर्राष्ट्रिय स्तरमा पनि यसको अध्ययन बढ्दै जानेछ’, उनले भने।

डा. आचार्यले नेपालमा खगोल विज्ञानको अध्ययन, अनुसन्धान भने राम्रोसँग हुन नसकेको बताए। उनले टेलिस्कोपहरू नेपालमा धेरै भित्रिरहेकोले अबका दिनमा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुग्ने गरेर अध्ययन अनुसन्धान हुने बताए।

Post Views: 46

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme