बलिउडका सबैभन्दा ईज्जतदार र घरानाको परिवार मानिन्छ बच्चन परिवारलाई । यो परिवार कुनै बिबादमा आउने गरेको छैन । तर पछिल्लो एक प्रकरणका कारण यो परिवारमा बिचलन देखिएको छ ।
पानामा पेपर्स प्रकरणलाई लिएर बच्चन परिवार विवादमा तानिएको हो । बिबादमा तानिनुको कारण भनेको बिदेशमा कर छलेर सम्पत्ति लुकाएको बिषय रहेको छ ।
सोही विषयमा आज बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनसँग सोधपुछ समेत गरिएको छ। दिल्लीस्थित राजश्व अनुसन्धानको कार्यालयले सोधपुछका लागि बोलाइ पछि अमिताभ बच्चनकी बुहारी आज कार्यालय पुगेकी थिईन् ।
पानामा पेपर्सले कर छली गर्नेहरुको नाम सार्वजनिक गरे संगै बच्चन परिवारलाई विदेशमा गैरकानुनी रुपमा सम्पत्ति लुकाएको आरोप लागेको हो ।
लिक भएको पनामा पेपरले संसारभरका कर छलीमा संलग्न हाइप्रोफाइल उद्योगी, राजनीतिज्ञ, कलाकार लगायतको नाम सार्वजनिक गरेको थियो । ति नामहरु मध्ये अमिताभ बच्चनको सहित भारतका करिब ५०० जनाको नाम सामेल भएको थियो ।
यसै बिषयलाई लिएर ऐश्वर्या संग आज सोधपुछ गरिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।